आदिवासी जनजातिः कसले गर्ने तातो पानी माग्ने आँट ?

Facebook Debugger

माथिको शीर्षक अर्थात् तातो पानीको प्रसंग धेरै वर्षअघि यो पंक्तिकारले नेपालको तत्कालीन भुमिगत पार्टी नेपाल कम्युनिष्ट पार्टी मसालको खुल्ला मोर्चा राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादर केसीको भाषण सुन्न जाँदा सुनेको हो । हुन त यो पंक्तिकार नेकपा मसाल वा उसको खुल्ला मोर्चा राष्ट्रिय जनमोर्चाको समर्थक थिएन, होइन । तापनि चित्रबहादुर केसीको भाषण गर्ने शैलीले गर्दा म उनको भाषण सुन्न जान्थेँ । खासगरी अनेक उखान टुक्का र विभिन्न प्रसंगहरु जोड्दै भाषण गर्र्ने कलाले गर्दा पनि म सकेसम्म चित्रबहादुरको भाषण छुटाउँदिनथेँ । यस्तैमा एकदिन (२०४९/२०५२ को बीचमा हुनु पर्छ ।) तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रविद्धिलाई इङ्गित गर्दै चिसो पानीको प्रसंग जोड्दै भाषणमा चित्रबहादुर केसीले भनेका थिए, ‘–कुनै गाउँमा लोग्ने–स्वास्नी बस्थे । लोग्नेचाहिँंलाई (बाहै्रकाल) जहिले पनि तातो पानीले नुहाउनु पर्ने रहेछ । लोग्नेको यो बानीले स्वास्नीचाहिँ दिक्क थिई । गर्मीमा त ठीकै थियो, जाडोमा हरेक दिन बिहानै उठ्नुपर्ने पानी तताउनुपर्ने । तर, लोग्नेसँग केही भन्न सक्दिन थिई । यस्तैमा एकदिन गपैmगफमा आफ्नो लोग्नेको यो प्रविद्घिबारे छिमेकी महिलासँग कुरो गरिन् । यो सुनेर ती छिमेकी महिलाले ती श्रीमानपीडित महिलालाई तरिका सिकाइन । उनले तरिका सिकाउँदै भनिन्, भोलिदेखि तिम्रो श्रीमानलाई भन्दिनु, अबदेखि म बिहानै–बिहानै उठेर पानी तताउँदिन । तातो पानीले नै नुहाउने हो भने आपैm उठ्नु, तताउनु र नुहाउनु । बुढोचाहिँले सोधेछ, होइन ए बुढी ! तैँले साँच्चै पानी तताउँदैनस् त ! तताउँदिन भनेपछि तताउँदिन, तताउँन, एक तताउँदिन, दुई तताउँदिन, तीन तताउँदिन । जे गर्नुपर्छ गर्नु, आपैm गर्नु । आजदेखि तिम्रो अरु काम गरे पनि तिमीलाई नुहाउने पानीचांिह तताउँदिन ।’
आप्mनो बुढीको ढिपी सुनेर बुढोले भनेछ, ‘–अब के गर्नु त बुढी, साँच्चै तताउँदिनस् भने अबदेखि चिसै पानीले भए पनि नुहाउँछु नि !’ नभन्दै त्यो दिनदेखि बुढीले आप्mनो बुढाका लागि बिहानै–बिहानै उठेर तातो पानी तताउँनु परेन । कति हाईसञ्चो भयो होला बुढीचाहिँलाई !
हुन त त्यो बेला यो बबुरो पंक्तिकार राजनैतिक रुपमा केही बुभ्mथेन । तापनि तत्कालीन नेकप (नेकपा एमाले) मा लागेको थिएँ । कतिसम्म भने लगाम लगाएको घोडासरह (एमाले) बाहेक दाँयाबाँया केही देख्दिन थिए । एमाले फुटेपछि मालेमा लागियो । तर, पछिल्लो समय राजनीति राम्रोसँग बुझेपछि भने कुनै पनि राजनैतिक पार्टीमा लागेको छैन । खासगरी बामदेवलगायतका माले नेताहरु फेरि एमालेमै फर्केपछि यो पंक्तिकार कुनै राजनैतिक पार्टीमा छैन । किनभने, त्यतिबेला यो पंक्तिकारको बुझाई एमालेमा रहँदा जुन जुन कुरोमा असहमति थियो, ती ती कुरोहरुमा एक रत्ति पनि फेरबदल नआई एमालेमै पर्किनु भन्दा त झुण्डको हिसावले ससाना नै भए पनि एमालेभन्दा अन्य कम्युनिष्ट पार्टीसँग एकता गर्नुपथ्र्यो वा मालेलाई नै अरु मजबुत बनाउनु पथ्र्यो भन्ने यो बबुरोको एकोहोरो बुझाई रहेको थियो ।
चित्रबहादुर केसीले सुनाएको माथिको किस्सा नेपालका आदिवासी जनजातिका अगुवा हौं भन्नेहरुले पनि आप्mनो जाति र समुदायको हकअधिकार स्थापित गर्ने सवालमा आपूm संलग्न दलभित्र प्रयोगमा ल्याए हुन्थ्यो भन्ने यो पंक्तिकारको आशय हो । खासगरी सो किस्सा विभिन्न राजनैतिक दलमा रहेका, आदिवासी जनजाति मुलका नेताहरु र, आदिवासी जनजाति महासंघका अगुवा हौं भन्नेहरु अनि प्रायः सबै राजनैतिक दलको भातृ संगठनको प्रमुखका रुपमा रहेका नेपालका आदिवासी जनजातिहरुको संघ–संस्थाका नेताहरुले पनि माथिको किस्सामा वर्णन गरिएको बुढाले जसरी पाएसम्म आप्mनो श्रीमतीलाई जाडो होस् वा गर्मी, बाह्रैकाल तातो पानी तताउन लगाएर नुहाए, जस्तै आपूm संलग्न राजनैतिक दलका नेताहरुलाई पनि तातो पानी तताई मागे हुन्थ्यो ! भन्ने हो । तर, नेपालका आदिवासी जनजाति मुलका नेताहरु जो विभिन्न राजनैतिक दलमा आवद्ध छन्, उनीहरु गर्मीमा त के जाडोमा समेत आपूm संलग्न दलका नेताहरुलाई तातो पानी तताई माग्ने आँट गर्न सक्दैनन् । आदिवासी जनजाति महासंघका अगुवा हौं भन्नेहरु, र भातृ संगठनको प्रमुखका रुपमा रहेका नेताहरुको त झन् के कुरा गर्नु ?
नत्रभने (नेपालको सम्पूर्ण जनसंख्याको एक तिहाईभन्दा बढी) लगभग ३७ प्रतिशत जनसंख्या रहेको आदिवासी जनजातिका लागि जाडो होस् कि गर्मी नुहाउनका लागि तातो पानी नै चाहिन्छ भनेर आप्mनो पार्टीका नेताहसँग तातो पानी तताई माग्ने प्रयास गरेनन् ! हुन पनि हालको नेकपा तत्कालीन (एमाले) र ( माके) नेपाली कांग्रेस लगायत ठूला भनिएको राजनैतिक दलमा रहेका नेपालका आदिवासी जनजाति नेताहरुले ‘नुहाए तातो पानीले नै नुहाउँछु,, नत्र नुहाउँदै नुहाउदिन !’ भनेर आँट गरेको भए कम्तिमा २०६२÷०६३ को परिवर्तनपछि नेपालका आदिवासी जनजातिहरुले नेपालको भगौलिक एकीकरणसँगै राज्यले ऐन ,कानुन, नियम, उपनियम, विनियम, कार्यविधि आदि बनाएरै अपहरण गरेको मौलिक हकअधिकारका लागि केही न केही पाउने थिए । तर, कस्तो भयो भने, २०६४ को पहिलो संंधिानसभामा चुनिएर आएका÷मनोनित भएर आएका अधिकांश आदिवासी जनजातिका सभासदहरुले आपूmहरुलाई अब नुहाउनका लागि तातो पानी नै चाहिन्छ नत्र नुहाइँदैन ! भनेर केही रोईकराई गरेका थिए भन्न सकिन्छ । तर, उनीहरुलाई आपूm संलग्न दलका नेताहरुले यिनीहरुले आप्mनै अन्तर आत्माले तातो पानी मागेका होइनन्, विदेशीले डलर दिएर माग्न लगाएका हुन् ! भनी फत्तुर लगाए !
नभन्दै २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पहिलेका कुनै पनि आदिवनसी जनजातिहरुलाई टिकट दिइएन । फलतः २०७०को दोस्रो संविधानसभाबाट चुनिएर आएका आदिवासी जनजातिका अगुवाहरुले तातो पानीको ‘त’ शब्द पनि उच्चारण गरेनन् ! यसरी २०७२ मा आएको संविधानमा आदिवासी जनजातिका विरुद्ध ११ वटा धारा, २३ वटा विभेधकारी प्रावधान र ४९ वटा बहिस्करण गर्ने प्रावधानहरु रहँदा पनि ‘तैंँ चुप मै चुप’ छन् । त्यति मात्रै होइन, तत्कालीन एमालेमा रहेका आदिवास् िजनजाति मुलका केही सुगाहरुले त नेपालमा २०७२ मा जारी भएको पछिल्लो संविधान नेपालको मात्रै नभएर एसियाकै र संभवतः विश्वकै ! उत्कृष्ट भनी मालिकले निर्देशन नै नदिई आपैm ‘गोपी कृष्ण कहुँ, पट्टु !’ भन्दै हिँडे÷हिँड्दैछन् । निश्चय नै मालिकले निर्देशन नै नदिई आपैm ‘गोपी कृष्ण कहुँ, पट्टु !’ भन्दै हिँड्नेहरु नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी, राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न राजनैतिक दलबाट चुनिएर आएका सभासदहरु थिए । तर, पूर्व इलामतिरका र कानुनची समेत रहेका नेम्बाङ थरका माननीय ज्युको मालिकले निर्देशन नै नदिई आपैm ‘गोपी कृष्ण कहुँ, पट्टु !’ भन्दै हिँड्ने तरिका भने गज्जबकै थियो । उनी पूर्वतिर जाँदा विश्वमा असंशोधनिय भनेको केही पनि हुँदैन । त्यसैले ‘यो एसियाकै उत्कृष्ट संविधान ! मा केही त्रुटी रहेका भए सच्याउन सकिन्छ ।’ भन्थे भने, पश्चिमतिर जाँदा ‘हामीले नेपालको मात्रै नभएर एसियाकै उत्कृष्ट संविधान ल्याएका छौं, अझ तुलना नै गर्ने हो भने नेपालको संविधान विश्वकै उत्कृष्ट संविधानहरु मध्येमा पर्न सक्छ ! यस्तो उत्कृष्ट संविधान ल्याउँदा पनि असन्तुष्ट हुनेहरुलाई मेरो केही भन्नु छैन ! भन्ने । तर, यस्ता खालका आदिवासी जनजातिका नेता भनाउँदाहरुलाई नेपालको आदिवासी जनजजाति इतिहासले अवश्य नै मूल्यांकन गर्नेछ ।
मुख्य कुरो मूलधारका भनिएका राजनैतिक दलका नेताहरुलाई राम्रोसँंग के थाहा छ भने, नेपाल रहेका एकसय २५ जात जातिमध्ये एक्लाएक्लै हिसाव गर्दा लगभग ३७ प्रतिशत (एक तिहाईभन्दा बढी) जनसंख्या रहेको आदिवासी जनजाति समुदायका मान्छका केही ‘कि पर्सन’हरु जस्तै स्वर्गीय बलबहादुर राई, स्वर्गीय भीमबहादुर तामाङ, बहादुरसिंह तामाङ, धनराज गुरुङ, केबी गुरुङ, इन्द्रबहादुर गुरुङ, कल्याण गुरुङ, सीता गुरुङ, भीष्मराज आङ्देम्बे, आङगेलु शेर्पा, लीलादेवी बोखिम, कुमारी लक्ष्मी राई, नरेन्द्रविक्रम नेम्बाङ, रोमी गौचन थकाली आदि नेपाली कांग्रेसमा रहेसम्म अनि सुवास नेम्बाङ, पृथ्वी सुब्बा गुरुङ, किरण गुरुङ, कृपासुर शेर्पा, शेरधन राई, भवानी खापुङ, राजेन्द्र राई, थममाया थापा, अष्टलक्ष्मी शाक्य, कृष्णगोपाल श्रेष्ठ, डम्बर सम्बाहाङ्फे, दलबहादुर राना, डाक्टर विजय सुब्बा (जो चिसो पानीले नुहाउन एमालेमै फर्के !) महेश चौधरी, रुपनाराण श्रेष्ठ, सानुकुमार श्रेष्ठ, केशव स्थापित आदि तत्कालीन एमालेमा रहेसम्म त्यस्तै वर्षामान पुन ‘अनन्त’, रामबहादुर थापा ‘बादल’, नन्दबहादुर पुन ‘पासाङ’, जयपुरी घर्ती, ओनसरी घर्ती, श्रीप्रसाद जगेबु, टंक आङबोहाङ, सुदन किराती, गोपाल किराती नामक लठुवा (उनले हाल माके छाडीसके), देव गुरुङ ‘कान्छाबहादुर’ लगायत तत्कालीन (माके) मा रहेसम्म उता राजेन्द्र लिङदेन जस्ता हनुमानहरु ! राप्रपा नेपालमा रहेससम्म खस आर्य समूह खासगरी २०६८ को राष्ट्रिय जनगणनामा उल्लेख भएअनुसार नेपालको सम्पूर्ण जनसंख्याको १२.२ प्रतिशत रहेका बाहुनहरुले राजनैतिक दल, सरकार, कर्मचारीतन्त्र, न्याय सेवा, संवैधानिक अंग, कूटनैतिक सेवा, लोक सेवा आयोग लगायत लाभ लिन सकिने विभिन्न क्षेत्रमा ढुक्कसँगले राइँदाइँ गर्ने छन् !
kehinajannekulung@gmail.com

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार