गोक्यो हिमतालमा विहानैदेखि बोटिङ, साँढे ९ बजेबाट स्वीमिङ शुरु [फोटो फिचर]

  बुद्धवीर बाहिङ
6.6k Shares

सोलुखुम्बु । गोक्यो हिमतालमा हराईरहेका विद्यार्थीको खोजीकार्य आज (बिहीबार) विहान साँढे ६ बजेबाट शुरु गरिएको छ । शसस्त्र प्रहरी बलको गोताखोर टोलीले हिजो (बुधबार) देखि हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थीको खोजीकार्य शुरु गरेको हो ।

दुई घण्टासम्म बोटिङ गरी तालको वरिवरी घुमेको गोताखोर टोलीले तालको गहिराई, पानीको अवस्था र बहावलाई अनुसन्धान गरेको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए । मौसमले साथ दिएकाले आज पनि विहानैदेखि खोजीकार्यमा टोली लागेको अध्यक्ष अधिकारीले बताए ।
दुईघण्टासम्मको बोटिङपछि साँढे ९ बजेदेखि शसस्त्र प्रहरी बलको गोताखोर टोलीका तालिमप्राप्त दुईजनाले स्वीमिङ गरेर पानीमुनि खोजीकार्य शुरु गरेका छन् । अत्याधिक चिसोका कारण हिमतालको पानीभित्र धेरै बेर बस्न नसकिने भएकाले खोजीकार्यमा कठिनाई भएको हो । प्रत्येक घण्टा गोताखोर टोली आगो ताप्ने र तातो सुप खाएर खोजीकार्यलाई तिब्रता दिइरहेका छन् ।

गएको शनिबार (साउन १९ गते) विहान पौडी खेल्ने क्रममा खुम्जुङ माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत ३ जना विद्यार्थी डुबेर बेपत्ता भएका थिए । कुरिनटारबाट गएको शसस्त्र प्रहरी बलको तालिमप्राप्त गोताखोर टोलीले हिजो (बुधबार) पेम्बानोर्बु शेर्पाको शव हिमतालको २५ मिटर गहिराईबाट निकालेका थिए ।
मौसम प्रतिकुलताका कारण हिजो (बुधबार) २ बजेसम्म मात्रै खोजीकार्य गरिएको थियो । २ बजेपछि पानी परेका कारण खोजीकार्य स्थगित गरिएको वडा अध्यक्ष अधिकारीले बताए । हिमतालमा पेम्बादोर्जे शेर्पा र सुमन बराईलीको खोजीकार्य भैरहेको पनि उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी नायव निरीक्षक रामचन्द्र खड्काको नेतृत्वमा २ जना गोताखोरसहित विपद व्यवस्थापन तालिम प्राप्त ५ जनाको एपीएफ टोलीले गोक्यो हिमतालमा बेपत्ता विद्यार्थीको खोजीकार्य गरिरहेका छन् ।

गोक्यो हिमतालमा बोटिङपछि स्वीमिङको लागि तयारी गर्दै गोताखोर टोली । तस्वीरः लक्ष्मण अधिकारी ।
गोक्यो हिमतालमा बोटिङपछि स्वीमिङको लागि तयारी गर्दै गोताखोर टोली । तस्वीरः लक्ष्मण अधिकारी ।
गोक्यो हिमतालमा बोटिङपछि स्वीमिङको लागि तयारी गर्दै गोताखोर टोली । तस्वीरः लक्ष्मण अधिकारी ।
गोक्यो हिमतालमा बोटिङपछि स्वीमिङको लागि तयारी गर्दै गोताखोर टोली । तस्वीरः लक्ष्मण अधिकारी ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार