काठमाडौं । वाम्बुलेराई जातिहरुको चाड ढ्वाङकुम ओखलढुँगा, सुनसरी, मोरङ्ग, ललितपुर उदयपुरको कटारी र बेलायतमा धुमधामका साथ मनाईदै । वाम्बुलेराई समुदायको परम्परागत संस्कार अनुसार जनैपूर्णिमाको अघिल्लो दिन ढ्वाङकुम सामा थानमा रागोलाई धनुष वाणले मारी ढ्वाङकुम थानमा रगत चढाउनु पर्ने चलन रहेको छ ।

यसै दिन ढ्वाङकुम नाक्स्वाहरुद्धारा सुँगुरको पाठोले पूजा गर्नु पर्ने चलन छ । प्रत्येक टोल समूहबाट आ—आफ्नो समूहमा मान्नु पर्ने नाक्स्वोलाई एक दुना मासु, रक्सी र जाँड लिएर भेट्न जानु पर्ने संस्कार छ । यो नाक्सोहरुको शीर उभ्याउनी वा सम्मान स्वरुप मानिन्छ । त्यही राती नाक्सोको घरमा चाम्द्वा, संगीना खेल्ने परम्परारहेको छ । जनैपूर्णिमाको दिन प्रत्येक घरबाट सोली÷थुम्सेमा चोखो कागुनीको भात घैलामा जिर्मा र खालुम् मासुको पोको लिएर पूजा गर्न ढ्वाङकुम थानमा भेला भई पूजा गर्नु पर्ने चलन छ । तीनवटा कुखुरा,पाकेको मकै, जिर्मा र सबै सोलीहरु संयुक्तरुपमा राखि पूजा गर्नुपर्दछ ।

ढ्वाङकुमसामाका लागि शिष नाक्सो, सिसि नाक्सो, ढ्वाङकुर्म नाक्सो, काउर्म नाक्सो गरी जम्मा चारजना नाक्सोहरुद्धारा पूजा गर्नु पर्ने वाम्बुलेराई समुदायको परम्परागत संस्कार छ । अघिल्लो दिन थानमा रगत चढाएपछि पूजा दिन सम्म गाउँ घरमा कुनै खनजोत गर्नु हुँदैन भन्ने परम्परागत मूल्य मान्यता वाम्बुलेराईहरुमा रहेको छ ।

पूजाकार्य सम्पन्न भएपछि प्रत्येक घरबाट ल्याएको जिर्मा प्रसादको रुपमा पिउनु पर्ने संस्कार रहेको छ । ढ्वाङकुम सामा समापनसँगै संगीना (चाम्ड्वा) खेल्ने चलन रहेको छ । यसै ढ्वाङकुमको अवसरमा, पूजासँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्दै मानेभञ्याङ्ग गाउँपालिका वडा.न. ३ उँबुमा सांस्कृतिक कार्यक्रम गरिने स्थानीय रत्नराज्य माविका शिक्षक महाजित राईले जानकारी दिए । वडा. न. ५, उदयपुर गाउँमा ढ्वाङकुम पूजा धुमधामका साथ मनाईदै, सोही ढ्वाङकुम पर्व र भिमसेनस्थान युवा क्लबको २० औ वार्षिक अवसरमा स्थानीय केही व्यतिmत्वहरुलाई सम्मान कार्यक्रम राखेको क्लबका अध्यक्ष समालधन राईले बताए ।

सम्मानित व्यक्तित्वहरुमा समाजसेवी बुद्धिजिविमा पूर्वा सिंगारपुर पुलिसफोर्सका भूतपूर्व ईनिस्पेक्टर, श्यामकुमार राई र राजनीतिज्ञमा वर्तमान वडा अध्यक्ष रामकुमार राईलाई सम्मान गरिने क्लबका अध्यक्ष समालधन राईले बताए । सोही अवसरमा वाम्बुलेराईहरुको बाध्यबाधन मुर्चुङ्गा, बिनायो, मादल र बाँसुरी प्रतियोगिता गरिने कार्यक्रम रहेको बताए । प्रतियोगितामा यी बाध्यबाधन बजाएर उत्कृष्ट हुने व्यतिmहरुलाई पुरस्कारको व्यवस्था गरिएको छ । सो पुरस्कार प्रायोजन भने स्थानीय समाजसेवी हिमाल सिंह राईले गरेको क्वबका अध्यक्ष समाल धन राईले जानकारी दिए ।



शव्द तस्वीर : कृष्णजित राई







