नेपालको राजनीतिमा तत्कालीन नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र (माके) एकीकृत भएर नेपाल कम्युस्टि पार्टी (नेकपा) भएपछि तत्कालीन (माके) का अध्यक्ष कमरेड प्रचण्डको भाऊ अरु बढेको छ ।
हुन त २०६४ वैसाखमा भएको ऐतिहासिक संविधानसभाको निर्वाचनद्धारा गठित पहिलो संविधानसभा विघटन भएपछि २०७० मंसिरमा भएको दोस्रो संविधानसभाको निर्वाचनको प्रचारप्रसारको क्रममा तत्कालीन एमाओवादीले काठमाण्डौमा आयोजना गरेको एक आमसभामा कमरेड प्रचण्डले सार्वजनिक रुपमा भनेका थिए, ‘एमाले भनेको कम्युनिष्टको हिङ बाँधेको टालो मात्रै हो । तर, एमाओवादी भनेको असली हिङ हो । अब असली हिङ नै भैसकेपछि हिङ बाँधेको टालोको के काम ?’
तर, आज कमरेड प्रचण्डलाई ‘एमाले नामक कम्युनिष्टको नाममा हिङ बाँधेको टालो नभइ भएन । त्यति मात्रै होइन, हिङ बाँधेको टालो नै सही, कमरेड प्रचण्डले आप्mनो पार्टी एमालेसँग एकीकरण गराएपछि उक्त पार्टीको (कसैकसैले विलय भन्छन्) संयुक्त अध्यक्ष भएका छन् भने, उनी भावी प्रधानमन्त्री बन्ने लाइनमा पनि छन् क्या रे ! त्यसो त नेपालको राजनीति जान्ने बुभ्mने हौं भन्नेहरुका अनुसार कमरेड प्रचण्डलाई जसरी हुन्छ, सकेसम्म एकपटक नेपालको राष्ट्रपति (कार्यकारी) पनि हुनु छ । अनि लगभग ११ वर्षसम्म चलाएको आन्तरिक युद्घ (तत्कालीन माओवादीको भाषामा जनयुद्घ !) को क्रममा कमाएको (कसैकसैले लुटेको पनि भन्छन्) सम्पत्तिको सुरक्षा पनि गर्नु छ । त्यस्तै उक्त युद्घको क्रममा सरकारी पक्ष र विद्रोहीपक्षको तर्फबाट मारिएका (तत्कालीन माओवादीको भाषामा भन्नु पर्दा शहिद भएका) लगभग १७ हजार निर्दोष जनहरुको आत्माबाट शान्ति र मुक्ति पनि पाउनु परेको छ । त्यस्तै सकेसम्म नेपालको एकीकृत र ठूलो (संख्याको आधारमा) कम्युनिष्ट पार्टीको आधा कार्यकाल भए पनि पार्टी अध्यक्ष र प्रधानमन्त्री आपूm हुने सपना पनि कमरेड प्रचण्डमा जीवितै छ ।
हुन त पढ्दा वा सुन्दा नराम्रो लाग्छ नै । साथै जस्तो सुकै होस्, आप्mनो सन्तान प्रति कसको पो माया नहुँदो हो ? मोह नहुँदो हो ? जस्तो कि, गत वर्ष कमरेड प्रचण्डका एक मात्र छोरा प्रकाशको असामायीक मृत्यपछि उनका आमा सीता बेला जसरी विहोस् हुन्छिन्, भाव–विह्ल हुन्छिन्, त्यस अर्थमा कमरेड प्रचण्डले चलाएको जनयुद्घको क्रममा मारिएको निर्दोस १७ हजार नेपाली जनहरुको आमाहरु के गरेर चित्त बुझाएका होलान् ? कसरी मन थामेका होलन् ? कस्तो जीवन बाँचेका होलान् ? कमरेड प्रचण्ड र सीता म्याडमले सायद आप्mनो छोराको मृत्युपछि थाहा पाए होलान्, अनुभव गरे होलान् । तर, पनि आफ्रले सुरु गरेको जनयुद्घको क्रममा अनाहकमा १७ हजार निर्दोस् नेपालीहरुको ज्यान गएकोमा कमरेड प्रचण्ड र सीता म्याडमले सायदै क्षमायाचना गर्लान् ! तापति, १७ हजार निर्दोस नेपालीहरुले गरेको बलीदानीको आलोकमा नै मैले राजनीतिक छलाङ मारेको हुँ भनी कमरेड प्रचण्डले सार्वजनिक रुपमा स्वीकार गर्नै पर्छ ।
त्यसमा पनि तत्कालीन नेकपा (अमाओवादी) ले नेपालको भगौलिक एकीकरणपछि जुन ढंगले नेपालका आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, महिला, मजदुर लगायतका समुदाय, जातजाति र वर्गलाई राज्यद्घारा नै ऐन, कानुन, नियम, विनियम, कार्यविधि, दफा, उपदफा आदिको प्रयोग गरेर जसरी राज्यसत्ताबाट वञ्चित गरिएको थियो, टाढा राखिएको थियो, तिनीहरुलाई छुट्टिने र आत्मनिर्णयको अधिकारसहित स्वायत्त, विशेष र संरक्षित राज्य दिने सपना देखाएर मात्रै उनीहरुले भन्ने गरेको जनयुद्घमा होमेका थिए । नेपालका आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, पिछडिएको क्षेत्र, महिला, मजदुर लगायतका समुदाय, जातजातिले पनि हो न हो, (माओवादी) ले देखाएको सपनालाई साँचो मानेर जनयुद्घमा होमिए ।
तिनीहरुलाई छुट्टिने र आत्मनिर्णयको अधिकारसहित स्वायत्त, विशेष र संरक्षित राज्य दिने सपना देखाएर उनीहरुले भन्ने गरेको जनयुद्घमा होमेका थिए । हुन पनि तत्कालीन नेकपा (माओवादी) राजनैतिक इतिहास हेर्नेहो भने, २०५६/०५७ सम्म पार्टीले माक्र्सवाद, लेनिनवाद र माओविचारधारा अनि वर्गीय मुद्घालाई मात्रै प्रधानता दिँदासम्म उनीहरुको जनयुद्घको घेरा रुकुम, रोल्पा र मध्यपूर्वको सिन्धुली लगायत केही जिल्लामा सीमित थियो । तर, जब आत्मनिर्णको अधिकारसहितको स्वात्त राज्यहरुको नारासहित २०५७÷०५८ देखि युद्घमा होमियो, तब, उनीहरुको जनयुद्घले पूर्व, पश्चिम, पहाड, मधेस, हिमाल, भित्रीमधेस, काठमाण्डौ उपत्यकासम्म पैmलियो भने गोपाल खम्बु (हाल किराती लेख्छन् ।) नामक ‘लठुवा’ पनि तत्कालीन नेकपा (माओवादी) मा विलीन हुन तयार भए । जबकि गोपाल खम्बु नामक ‘लठुवा’ त्यो बेला “२०५७ साल क्षेत्री–बाहुनको काल” भनी भोजपुरको साल्पा फेदीको सेरोफेरोमा ढुंगातिर नारा लेख्थे भने, बाहुना–क्षेत्रीहरु ती ‘लठुवा’लाई नेता नमानेर एक जातिवादी र साम्प्रदायीक मात्रै मान्थे । अभैm पनि नेपालका अनुदारवादी बुद्घीजीवी, लेखक, विश्लेषक, मिडिया तथा पत्रकारहरुले ती ‘लठुवा’लाई नेता नमानेर÷नभनेर (कसैकसैले नेता भनीहाले तापनि, लेखीहाले तापनि साम्प्रदायीक वा जातिवादीको पगरी गुथाई नै हाल्छन्) जातिवादी र साम्प्रदायीक नै देख्छन्÷लेख्छन् ।
हुन त कमरेड प्रचण्डबारे भन्नु पर्दा २०६२/०६३ को परिवर्तनपछिको खासगरी २०६४ यताको इतिहास हेर्दा समग्रमा प्रचण्डको खुबी भनेको चरम अवसरवादीता देखाउनु र बिरालोले मुसो खेलाए झैं अरु पार्टीका नेताहरुलाई खेलाउनु र, अन्तमा आपूmले राजनीतिक फाइदा लिन सक्नु हो । यस क्रममा कमरेड प्रचण्डले गरेका केही काम कारबाहीेको प्रमाण भनेको २०६४ को पहिलो संविधानसभाको निर्वाचनअघि स्वर्गीय गिरिजाप्रसाद कोइरालालाई ‘तपाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति !’ भनी दिएको आश्वासन र पछि दिएको धोका, त्यस्तै माधवकुमार नेपाललाई पनि सुरुमा राष्ट्रपतिको ललीपप देखाएर अन्तमा थाङ्नामा सुताएको प्रसंग, त्यसअघि नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई आत्मनिर्णयको अधिकारसहित राज्य दिन्छौं भनी उनीहरुको कथित् जनयुद्घमा होमेको प्रसंग त माथि नै उल्लेख भएको छ । तर, कमरेड प्रचण्डले साँच्चै नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई आत्मनिर्णयको अधिकारसहित राज्य वा भनौं स्वयत्तत्रता दिन चाहेको भए २०६४ को संविधानसभामा चुनिएर÷मनोनित भएर आएका ६०१ सभासदहरु मध्ये ४१९ जनाले संविधानसभा विघटन हुनुअघि विवाद समाधान उपसमितिको संयोजक कमरेड प्रचण्ड भएकोले उनलाई माथि उल्लेखित ४१९ जना सभासदहरुले हस्ताक्षर गरेर दिएका थिए । तर, ‘बिरालाले म्याउँ गरेरै छाड्छ नत्र ऊ कसरी बिरालो हुन्छ ?’ भने झैं अन्तमा प्रचण्डले पनि नेपालका आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र, उत्पीडित जातजातिलाई धोका दिएरै छाडेका थिए ।
त्यस्तै २०७४ को ३ वटै निर्वाचनको परिणामले पनि प्रचण्डर उनको पार्टीले नेपालका आदिवासी जनजाति, मधेसी, महिला, दलित, मुस्लिम, पिछडिएको क्षेत्र आदिका जनताहरुलाई दिएको धोकाको पुस्टि भयो । तर, नेपालका परम्परागत विचार भएका मिडिया, पत्रकार, बुद्धिजीवी, लेखक, स्तम्भकार आदिले खासगरी मूलाधार हामी हौं ! भन्ने हरुले भने, २०७० र २०७४ को निर्वाचनमा नेपालका जातिवादी र साम्प्रदायीकहरुको पत्तासाप भएको रुपमा बुझे ।
अब कमरेड प्रचण्डले आपूm यसरी राजनैतिक रुपमा छलाङ मार्नमा सहयोगी सिद्घ भएका ती १७ हजार निर्दोष जनहरुका लागि के गर्दा हुन् ? के उनले फेरि पनि एकपटक भैसी पूजा गर्लान् ? बिना कारण बलि वेदीमा होमिन÷मारिन वाध्य भएका ती १७ हजार निर्दोष जनहरुका आत्माको चीर शान्तिका लागि ? kehinajannekulung@gmail.com.
१२ मंसिर २०७५, बुधबार
161
Shares







