१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

बलात्कार गर्ने युवक पक्राउ



पोखरा । माछापुच्छ्रे गाउँपालिका-८ ल्वाङघलेलमा किशोरीलाई बलात्कार गर्ने युवक पक्राउ परेका छन् । मङ्सिर ८ गते शनिबार किशोरी सुतिरहेको कोठामा पसेर स्थानीय बगरका २५ वर्षीय सुरज गुरुङले बलात्कार गरेको अनुसन्धानबाट खुलेको पछि उनलाई प्रहरीले पोखराको पृथ्वीनारायण क्यापसबाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए ।

प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार ७ गते घर फर्केकी किशोरी झोक्राउने र टोलाउने गरेपछि परिवारको सोधपुछमा उनले घटनाबारे जानकारी दिएपछि सुरजलाई पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १३ मंसिर २०७५, बिहिबार  ३ : ०८ बजे