२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

अभिनय र मोडलिङ्ग पछ्याउँदै ईना [फोटोफिचर]



काठमाडौं । आर्टिस्ट नेपाल मार्फत मोडलिङ्गमा पाईला चालेकी ईना सांगाछेँको लक्ष्य नायिका बन्ने छ । अध्ययनसँगै नृत्य प्रक्षिशकको भूमिका निभाईरहेकी दुधपाटी भक्तपुरकी १८ वर्षीया सांगाछेँ सानैदेखी नृत्यमा अब्बल छिन् ।

चर्यानृत्यमा उनी निकै अब्बल छिन् । जुनसुकै नृत्यमा पोख्त रहेकी उनले ६ वर्षको उमेरदेखिनै नृत्य सिकेकी हुन् । कला मण्डपका नित्यगुरु मिन बज्राचार्य र नेपाल साँस्कृतिकका नित्यगुरु महेश हाडासँग चर्यानृत्यको प्रक्षिक्षण लिएकी हुन् । उनले हिपहपको फेशनलाईनका सुरज लिम्बुसँग र ब्रेक तथा बिबोईङ्ग डान्स अमन कपालीसँग सिकेकी हुन् । उनी हाल केही कलाकेन्द्रमा नृत्य प्रक्षिक्षककोरुपमा कार्यरत छिन् ।

सिभिल ईञ्जिनियरिङ्गमा डिप्लोमा गरिरहेकी उनि आफुमा भएको अन्तर्निहित प्रतिभा देखाउन ग्ल्यामर फिल्डमा प्रवेश गरेको वताईन् । ५.५ फिट उचाई भएकी ईना म्युजिक भिडियो तथा चलचित्रमा आफ्नो भविष्य खोजिरहेकी छिन् । नृत्य बाहेक अभिनयमा पनि पोख्त ईनाले केहि वेब सिरिज तथा केहि म्युजिक भिडियोहरु पनि खेलिसकेकी छिन् ।

प्रकाशित मिति : १९ मंसिर २०७५, बुधबार  १२ : ५० बजे