२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

अमितले भने, ‘नेपाल आइडलबाट पाएको माया कहिल्यै भुल्ने छैन’



काठमाडौं । नेपाल आइडलको टप फाईभबाट अमित बराल बाहिरिएका छन् । दर्शकले दिएको भोट अन्य प्रतिस्पर्धीको भन्दा कम र निर्णायकहरुको निर्णयको आधारमा अमित टप फाईभबाट बाहिरिएका हुन् ।
नेपाल आइडलको मञ्चमा धेरैको मन जित्ने प्रस्तुति दिएका बराल टप फाइभमा बटम थ्रीमा पर्दै नेपाल आइडल सिजन २ को मञ्चमा प्रतिस्पर्धीको रुपमा कहिल्यै नदेखिने गरी बाहिरिएका हुन् । ‘म यदि नेपाल आइडलमा नआएको भए मलाई यत्ति धेरैले चिन्दैनथे, यो मञ्चबाट पाएको माया कहिल्यै भूल्ने छैन,’ अमितले भने, ‘तपाईहरुको शीर झुक्ने गरि संगीत क्षेत्रबाट अलग हुने छैन ।’
अब नेपाल आइडलको मञ्चमा टप फोर प्रतियोगीले प्रतिस्पर्धा गर्नेछन् । टप फोरमा सुमित पाठक, रवि ओड, अस्मिता अधिकारी र बिक्रम बराले एक आपसमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०७५, शुक्रबार  ४ : ४३ बजे