२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

मेक्सिकोकी भर्नेसाले जितिन् मिस वर्ल्डको ताज, श्रृखला टप १२ बाटै बाहिरिइन्



काठमाडौं । मिस वर्ल्ड २०१८ को ताज मेक्सिकोकी सुन्दरी भर्नेसा पोन्स जितेकी छन् । चीनमा शनिबार सम्पन्न फाइनलमा चार देशकी सुन्दरीलाई पछि पार्दै उनी विश्वकै सुन्दरी बनेकी हुन् ।

थाइल्याण्डकी निकोलेन रनर अप बनिन् । उनी नेपालकी श्रृखला खतिवडालाई पछि पार्दै एसिया एण्ड ओसियन विजेता बन्दै टप ५ मा परेकी थिइन् ।
नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् ।
यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि हरेक महादेशको विजेता घोषणा गर्दै टप ५ छनोट गरियो, जसमा एसिया एण्ड ओसियानाबाट श्रृखला र जेसिकालाई पछि पार्दै थाइल्याण्डकी निकोलेन मिस एसिया बनिन् ।

प्रकाशित मिति : २२ मंसिर २०७५, शनिबार  ३ : ०२ बजे