२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता बने सिडी विजय अधिकारी



काठमाडौं । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’को पहिलो विजेता सिडी विजय अधिकारीले जितेका छन् । कतारमा भएको ग्राण्ड फिनालेमा अधिकारीले दर्शकको सबैभन्दा बढी भोट पाएर नेपालकै पहिलो ‘द भ्वाइस अफ नेपाल’को टाइटल जितेका हुन् ।

‘द भ्वाइस अफ नेपाल’को टाइटलसँगै विजेता अधिकारीले २५ लाख नगदसहित ब्राण्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुरको अवसर पाएका छन् । विश्वका १९२ भन्दा बढी देशहरुमा सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि सबैको मन जितेको छ ।

फाइनलका लागि सिडी विजय अधिकारी, श्रीजय थपलिया, सप्तक दुतराज र कुशल आचार्यले प्रतिस्पर्धा गरेका थिए । मोबइल एफ मार्फत डिजिटल अडिसन छानिएका प्रतिस्पर्धीहरु यसमा सहभागी भएका थिए । पहिलो ब्लान्ड अडिसन, बाटेल राउण्डहुँदै प्रतियोगीले ‘द भ्वाइस अफ नेपाल’को मञ्चमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार  ६ : ५७ बजे