अर्जुन खालिङ स्मृतिग्रन्थ विमोचन

Facebook Debugger

काठमाडौं । अर्जुन खालिङ स्मृतिग्रन्थ शनिबार एक भव्य कार्यक्रमबीच विमोचन गरिएको छ । स्व. वरिष्ठ चित्रकार अर्जुन खालिङको जीवनभोगाइलाई समेटिएको अर्जुन खालिङ स्मृतिग्रन्थ प्रज्ञा प्रतिष्ठान कमलादीमा भव्य कार्यक्रमबीच विमोचन गरिएको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तिलबिक्रम नेम्बाङ ‘वैरागी काइला’, आख्यानकार राजन मुकारुङ, जसराज किरात, गीतकार भूपाल राई, अर्जुन खालिङ फाउण्डेशनका अध्यक्ष मानवीर खालिङ राई र जयकुमार राईको हातबाट संयुत्त रुपमा विमोचन गरिएको थियो ।

स्मृतिग्रन्थमा स्व. अर्जुन खालिङले देश, समाज र किरात समुदायमा गरेको योगदानको बारेमा वर्णन गरिएको छ । स्व. खालिङको बारेमा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राई, नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किराती, आहुति, ध्यानबहादुर बाहिङ राई, कुलबहादुर राई (एमबीई), सुनमाया राई, चतुरभक्त राई, दुर्गा राई, डि. बी. किराती, डा. तारामणी राई लगायत एक सय ७० जना लेखकले स्व. खालिङको योगदानको बारेमा लेखेका छन् । स्मृतिग्रन्थ ६२२ पृष्ठ लामो छ ।

Published On:  624पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार