२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा यो वर्षकै सबैभन्दा कम तापक्रम, खुम्बु क्षेत्रमा माईनस १८ डिग्री


१४ पुस २०७५, शनिबार  

322
Shares

सोलुखुम्बु । सोलुखुम्बुमा शुक्रबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा शुक्रबारको तापक्रम माईनस १८ डिग्री सेल्सियस मापन गरिएको हो ।

अत्याधिक चिसोका कारण स्थानीयलाई दैनिक जीविकोपार्जन गर्न र घर बाहिर निस्कन समेत समस्या भएको छ । जिल्लाको सदरमुकाम सल्लेरीको न्यूनतम तापक्रम माईनस ५.५ डिग्री सेल्सियसमा झरेको मौसम अवलोकनकर्ता राधा बस्नेतले बताए ।
उनका अनुसार शुक्रबार सल्लेरी आसपासमा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको हो । सल्लेरी तथा आसपासका क्षेत्रमा सामान्य र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्र खुम्बुमा आधिकारीक मौसम मापन केन्द्र नभए पनि एभरेष्ट भ्यू होटलको तथ्याकं अनुसार शुक्रबारको तापक्रम माईनस १८ डिग्री सेल्सियस पुगेको छ । जुन यस सिजनकै सबैभन्दा कम तापक्रम भएको बताइएको छ ।

अत्याधिक चिसोका कारण माथिल्लो क्षेत्रका धेरै जसो होटलहरु समेत बन्द भएका छन् । खुम्बु क्षेत्रमा यो सिजनको पर्यटक सिजन सकिएको तथा जाडो याम शुरु भएकाले अधिकाशं होटल व्यवसायीहरु होटल बन्द गरेर जाडो छल्न काठमाण्डौ लगायत अन्य शहरहरुको भ्रमणमा जाने गरेका छन् ।

प्रकाशित मिति : १४ पुस २०७५, शनिबार  ६ : ३६ बजे