संघीय संसद बैठक : आ-आफ्नै सुरमा सांसदहरु [फोटोफिचर]

  बुद्धवीर बाहिङ
434 Shares

काठमाडौं । मंगलबारको संघीय संसद बैठकमा सांसदहरु आ–आफ्नै सुरमा थिए । कोहि मोबाइल चलाइरहेका थिए, त कोहि फोनमा कुरा गरिरहेको थिए । कोहि भने एक आपसमा कुरा गरिरहेका थिए ।

संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका डिला सग्रौला पन्तले पेश गरेको नेपालमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल चलिरहेको थियो । अधिकांश सांसदहरु आफ्नै सुरमा थिए । कोहि सांसद भने घाम ताप्न बाहिर निस्किएका थिए ।
जरुरी सार्वजनिक महत्वको विषयमा संसद बैठकमा छलफल हुँदा सांसहरुको यस्तो दृष्य हेर्न कम्ति रमाइलो थिएन । हेरौं मंगलबार बसेको प्रतिनिधि सभा बैठकभित्र कस्तो दृष्य यस्तो देखियो ?

सा‌ंसद शान्ता चौधरी र अर्का सांसद मोबाईलमा व्यस्त ।
नेकपाका सांसदद्धय रामकुमारी झाक्री र नवराज सिलवाल ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ ।
नेमकिपा सांसद प्रेम सुवाल लगायत अन्य सांसदहरु ।
मस्त निन्द्रामा सांसद ।
आ-आफ्नै सुरमा नेकपाका सांसदहरु ।
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली, प्रमुद प्रतिपक्षी दल कांग्रेसका उपनेता विजयकुमार गच्छदार लगायत सांसदहरु ।
आफ्नै सुरमा ।
नेकपाका सांसदहरु ।
दुई सांसदको आ-आफ्नै हेराई ।
सभामुख कृष्णबहादुर महराको मुस्कान ।
नेकपा सांसद देब गुरुङ र पम्फा भुसाल ।
परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली ।
नेकपाका दुइई सांसदको मुस्कान ।

शव्द तस्वीर ः बुद्धवीर बाहिङ राई ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार