जनगणना २०६८, बढेका किराती जातिहरु र २०७८ को जनगणनामा अपनाउनु पर्ने विधि

Facebook Debugger

केन्द्रीय तथ्यांक विभाग (केतवि) ले सार्वजनिक गरेको विसं २०६८ को राष्ट्रिय जनगणनामा उल्लेख गरिएको पछिल्लो नतिजाअनुसार नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ जना रहेको छ । (हाल दुई करोड ९४ लाख चानचुन भै सकेको छ) त्यसमध्ये महिलाको जनसंख्या एक करोड ३६ लाख ४५ हजार ४६३ (५१.५० प्रतिशत) र पुरुषको जनसंख्या एक करोड २८ लाख ४९ हजार ०४१ (४८.५० प्रतिशत) रहेको छ ।
तर, विसं २०६८ को जनगणनाको नतिजा प्रकाशन र जातजाति एवम् भाषाभाषीको बढोत्तरीले नेपालमा जातजाति, भाषाभाषी, धर्म आदिको नाममा अमेरिकी डलर, क्यानेडीयन डलर, युरोपेली युनियनको युरो, बेलायती पाउन्ड, जापानी येन, स्वीस फ्रैन्क, भारु, चिनियाँं युआन, मलेसियन रिंगेट, साउदी रियाल, कुवेती दिनार आदि हजम गर्दै आएका केही आईएनजिओ÷एनजिओका हर्ताकर्ताहरुको भने निश्चय नै टाउको दुखेको थियो, नीद हराम भएको थियो । हुन पनि नेपालका मै हुँ भन्ने केही आईएनजिओ÷एनजिओका हर्ताकर्ताहरुको टाउकेहरुले यो कुरोको संकेत (जातजाति र भाषा बढ्ने) पहिले नै थाहा पाएकाले अनेक खाले जालझेल र तिकडम गर्न खोजेका थिए÷गरेका थिए ।
त्यस्ता केही एनजिओ÷आईएनजिओको नामै किटेर भन्नुपर्दा कथित् राई जातिको नाममा खुलेको र, समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ रहेको राईयोयोखा (किराती जातिभित्रको बान्तावा जातिको भाषामा यायोक्खा नाम रहेको र यायोक्खाको अर्थ भने यो पंक्तिकारलाई थाहा नभएको) नामक एनजिओका हर्ताकर्ताहरु र राईवाला केही पत्रकारहरुको मिसन नै थियो कि, हालसम्म कथित् सूचीकृत जातिका रुपमा रहेका ५९ जातिबाहेक अरु जातजाति २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा नआऊन् ! खासगरी उनीहरुको टाउको दुःखाईको विषय भनेको हिजोसम्म जानेर वा नजानेर राई लेख्दै आएका किरातीभित्रका कुलुङ, मेवाहाङ, बाहिङ लगायतका १२ वटा नयाँ जातिहरु अलग्गै जातिको रुपमा नआऊन् भन्ने थियो । ती नयाँ आउन लागेका नयाँ जातिहरुलाई फेरि पनि कथित् राई जातिमै गाभ्न सकूँ ! भनेर कन्धनी कसेर लागेका थिए भने, भ्याएसम्म र सकेसम्म सबै तिकडमहरु पनि गरेका थिए । यसक्रममा केही राई पत्रकारहरुको मिसन कस्तोसम्म देखिएको थियो भने, पत्रकारिताको धर्म र नियम विपरित समाचारमा पनि आफ्नो विचार राखेर, जस्तै कान्तिपुर दैनिकमा कार्यरत गणेश राईले (उनी राईवाला खाँटी पत्रकार हुन् ! त्यसैले उनले कुलुङ, मेवाहाङ, बाहिङ आदिलाई दबाउन वा उनीहरुलाई राईमै गाभ्न केकस्तो भूमिका निभाउन सकिन्छ ? भनी सकेको अभैm पनि गरीरहेकै छन् ।) ले जनगणना सम्बन्धी समाचार लेख्ने क्रममा बान्तावा जातिलाई राईभित्रको भाषिक समूह भनेर किटेरै लेखेका थिए भने, कान्तिपुर दैनिकका सम्पादक वा भनौं समाचार प्रमुखले पनि उक्त समाचारलाई भेरीफाई नगरीकनै आपूm कार्यरत दैनिकमा समाचारको रुपमा छापे । यसरी प्रजातन्त्र, मानवअधिकार आदिका ठेकेदार कहलिएका मिडियाका प्रकाशक, सम्पादक÷समाचार प्रमुख आदिले पनि आफ्नो सम्वाददाता वा समाचारदाताले किन पत्रकारिताको सामान्य सिद्घान्त र नियम विपरित आफ्नै भनाइ राख्यो ? भनेर सायदै प्रष्टीकरण लिए लिन्छन्लि/ए होलान् ! न त भविश्यमा पनि लेलान । यसरी हेर्दा राईयायोक्खाका हर्ताकर्ताहरुको जोडबल के मा देखिन्थ्यो भने, विसं २०५८ सालमा तत्कालीन श्री ५ को सरकारले सूचीकृत गरेको कथित् ५९ आदिवासी जनजातिलाई मात्रै समेटेर केन्द्रीय तथ्यांक विभाग (केतवि) ले आफ्नो प्रतिवेदन प्रकाशित गरोस ! तर, केतविले भने, एकसय २५ जातजाति र एकसय २३ भाषाभाषीको तथ्यांक बाहिर ल्याउँदै थियो । केतविले साँच्चै राईयायोक्खा नामक एनजिओकै कुरोलाई सदर गरेर ५९ जातजातिको मात्रै तथ्यांक सार्वजनिक गरेको भए ६६ वटा अन्य जातजातिहरु छुट्ने थिए ।
आफ्नो उदेश्य पूर्तिका लागि राईवाला सर÷म्याडमहरु पटक–पटक केन्द्रीय तथ्यांक विभाग धाएका थिए । अनेक प्रकारका निवेदनहरु हालेका थिए । जुन कार्य गर्नु उनीहरुको आफ्नो स्वार्थअनुसार सही र जरुरी नै थियो । तर, उनीहरुले त्यो बेला ‘सूर्यलाई हत्केलाले छेक्न सकिँदैन’ भन्नेचाहिँं भुलेका थिए । जे भए तापनि उनीहरुले नेपाली उखानअनुसार ‘सास रहेसम्म आस’ गरे । अन्ततः उनीहरुको केही जोडबल चलेन । फलस्वरुप कुलुङ, मेवाहाङ, बाहिङ लगायत १२ वटा किराती जातिहरु नयाँ जातिको रुपमा आए । यसरी हेर्दा नेपाल लगायत अन्य देशका भाषाशास्त्री, जातिशास्त्री, मानवशास्त्री र समाजशास्त्रीहरुका लागि थप अध्ययन–अनुसन्धानको पाटो खुलेको छ ।
हुन त राईकरणको मारमा पर्न वाध्य कुलुङलगायत किरातीहरुले विसं २०५७÷२०५८ देखि जातीय स्वपहिचानका लागि संघर्ष गर्दै आएका हुन् । उता जनगणनामा जातजाति, भाषा, धर्म आदिको संख्या कसरी र किन बढ्यो ? यस सम्बन्धमा थप केही लेख्ने जमर्को गरिएको छ । खासमा जातजाति र भाषाभाषीको संख्या बढ्ने क्रम २०५८ देखि नै भएको देखिन्छ । २०५८ मा भएको दशौंं राष्ट्रिय जनगणनामा पनि जातजाति र भाषाभाषीको संख्या बढेको थियो । जस्तो कि, २०४८ को नवौं जनगणनामा ६० वटा जातजाति मात्रै पहिचान भएको थियो भने २०५८ को जनगानामा जातजातिको संख्या बढेर १०३ भयो भने ९२ वटा भाषाहरु देखा परे । यसरी केही दशक अघिदेखि नेपालको जनगणनामा जातजाति र भाषाभाषीको संख्या लगातार बढेको देखिन्छ । यसलाई सम्बन्धित जातजाति वा समुदायमा आएको चेतनाको परिणाम वा प्रतिफल हो भन्न सकिन्छ ।

त्यसरी नै २०६८ को ११ औं जनगणनामा पनि नेपालमा जातजाति र भाषाभाषीको संख्या बढेर एकसय २५ जातजाति र एकसय २३ भाषाभाषीको पहिचान भएको छ । जुन कुरोले नेपाल जातजाति, भाषाभाषी, धर्म, संस्कार, संस्कृति आदिका आधारमा धनी छ भन्ने देखाउँछ । तापनि समग्रमा आदिवावी जनजातिको जनसंख्या झण्डै दुई प्रतिशतले घट्नु, बौद्घ धर्मालम्बीको जनसंख्या लगभग एक प्रतिशतले घट्नु, हिन्दु धर्मालम्बीहरुको जनसंख्या पनि लगभग एक प्रतिशतले नै बढ्नु अनि क्रिश्चियनहरुको जनसंख्या भने अपेक्षित नबढ्नु आदिलाई जनगणना २०६८ को परिणामलाई अनपेक्षित मान्नु पर्ने हुन्छ । त्यस्तै २०६८ को जनगणनामा भाषाभाषीको संख्या बढ्नुमा नेपाली भाषाको भाषिकाहरुलाई भाषाको मान्यता दिनु पनि हो भन्न सकिन्छ । जस्तै नयाँ भाषाको रुपमा आएको डोटेली, अछामेली, बैतडेली, बाजुरेली, बझाँगी आदि भनेर जसरी अलग्गै भाषाको रुपमा मान्यता वा पहिचान दिईयो, यसले २०५८ को जनगणनापछि नेपाली भाषा अल्पमतमा (पचास प्रतिशत भन्दा पनि कम) परेपछि राज्य पक्षले जानाजान यो कदम चालेको हो कि ? भनी आशंका गर्ने प्रशस्त ठाऊँ रहेको छ ।

यसरी हेर्दा नेपालका सबै जातजाति, भाषाभाषी, धर्म, वर्ग लिंगका मानिसहरुले आगामी विसं २०७८ मा हुने राष्ट्रिय जनगणनादेखि जनगणनामा खपत हुने मानवस्रोत वा भनौं गणक आ–आप्mनो जातीय, भाषिक, धार्मिक, ंिलंगीय, वर्गीय जन समुदाय वा जन समूहबाटै खटाउने व्यवस्था गर्नुपर्ने भनी नेपाल सरकारसँग माग राख्नुपर्ने देखिन्छ । यसो गर्न सकेको खण्डमा मात्रै आ–आप्mनो जातीय, भाषिक, धार्मिक, ंिलंगीय, वर्गीय जनसंख्याको सही तथ्यांक आउने देखिन्छ । यसका लागि आजैदेखि हामी सबैले आ–आप्mनो क्षेत्रबाट लाग्नुपर्ने देखिन्छ । बरु यसका लागि (गणकका रुपमा खपत हुने अस्थाई कर्मचारीका लागि) केतविले बेला छँदै नेपालका जातीय, भाषिक, धार्मिक, ंिलंगीय, वर्गीय समुदाय वा समूहका मानिसहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
२०६८ को जनगणनामा थप भएका नयाँ किराती जातिहरुको जनसंख्याः
१, कुलुङ–२८,६१३ । २, नाछिरिङ–७,१५४ । ३, याम्फु–६,९३३ । ४, चाम्लिङ–६,६६८ । ५, आठपहरिया–५९७७ । ६, बान्तावा–४,९०४ । ७, थुलुङ–३,५३५ । , ८, मेवाहाङ–३,१०० । ९, बायुङ–३,०९६ । १०, साम्पाङ–१,६८१ । ११, खालिङ–१,५७१ । १२, लोहोरुङ–१,१५३ ।
स्रोतः केन्द्रीय तथ्यांक विभाग २०६८ ।

Published On:  528पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार