धनगढी, २० असोज । प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा क्षेत्रीय प्रहरी कार्यालय दिपायलले राष्ट्रिय समाचार समिति सेती अञ्चल कार्यालयका समाचारदाता सिद्धराज भट्टलाई सम्मान गरेको छ ।
सुदूरपश्चिमलाई कर्मथलो बनाइ दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामार्फत पु¥याएको योगदानको कदरस्वरुप राससकर्मी भट्टलाई समारोहमा प्रहरी नायब महानिरीक्षक विजयकुमार भट्टले नगद रु पाँच हजार १०० र प्रशंसापत्र प्रदान गर्नुभयो ।
महानिरीक्षक भट्टले जनताको जीउधनको सुरक्षाका लागि प्रहरी सङ्गठन प्रतिबद्ध रहेको बताउनुभयो ।

कैलालीका प्रजिअ गोविन्दप्रसाद रिजाल, वरिष्ठ प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे, प्रहरी उपरीक्षक राजेन्द्र विष्ट, नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष जगत साउद र सम्मानित राससकर्मी भट्टलगायतले प्रहरीको योगदानबारे चर्चा गर्नुभयो ।







