जोखनाको थिबिया…

Facebook Debugger

“जोखनाईज्ड” सन्सारमा हुर्केको मान्छे हुँ म । जोखना मेरो लागि कुनै नौलो कुरै रहेन । मधौरो (बिरामी)को जिउ छोएर लगेको चामलको गेडा झर्केथालमा सामनिस्टक उपचार पद्धतिको मुन्धुम पुराएर हेर्छन् “जोखना” हेर्नेहरुले । कथाकार बियस राईको जोखना कथामा अधारित अनि साहित्यकार राजन मुकारुङ्को नातय रुपान्तरण र किरण चाम्लिङ राईको निर्देशनमा हाल वैशाख ८ गतेसम्म राजधनीको मण्डला नातकघरमा मञ्चन भइरहेको “जोखना” भने मेरो सोझो बुझाईभन्दा फरक रहेको पाए ।

“जोखना” एउटा प्रतिकात्मक पुजि (क्थmदयष्अि ऋबउष्तब)ि हो । जो समुदायको तान्त्रिक बौद्धिकहरु (क्ष्लतभभिअतगबकि)ले सकारात्मक र नकारात्मक दुबै रुपमा प्रयोग गर्दछन र गरिरहन्छन् । यहाँनेर आएर सुरु हुन्छ कथा । खोलाजस्तै बगिरहेको एउटा किराँती बस्ती छ । मुन्धुमको लय र धुन यसको आत्मा हो । एक्कासी जनयुद्दको बारुदको बास्ना, गोलीको गीत र बमगोलाको स्वादले बिथोलिदिन्छ किराती गाउँको बगिरहेको जीवनको लय । बिनायोको तार छिनिन्छ । ढोलको ढ्याङ्कु (ढ्याङ्कु र सोई ढोले सोईवाला मानहरु त्रसित हुन्छ । साकेला नाच्न गएको कलिलो निछाहाङलाई टुहुरो बनाएर जसे बेपत्ता हुन्छ । एक्लि धनसुवा घरको तीनचुला भाकेर कलिलो निछाहाङ हेर्दै प्रतीक्षाको धागोले सपनाको स्विटार बुन्छिन् ।
नाटकले पुर्वीपहाडको जनजीवन टपक्कै टिपेर ल्याएको छ । नाटक हेर्दा आफ्नो गाउँमा नै भएजस्तो लाग्छ । गाउँमै छु जस्तो महसुस गराउछ । यो नाटकका सशक्त पक्ष हो । यसले द्वन्दकालिन समाजको विभिन्न आयामहरु समेटेको छ । सामाजको सामाजिक, आर्थिक, सास्कृतिक जटिलताहरु (ऋयmउभिहष्तथ) बोकेको छ । धनसुवाले साकेला नाच्न मन नगर्नु । निछाहाङ लाहुर जाने निर्णयमा पुग्नु । सेलेमिमाथी भरोसा राखेर साहासी निर्णय गर्नु । मेलापातमा बदामसोलिमा गीत गाउदै गाउदै पसिना पोखाउनु । अनेक रमाईला मिठा हाँसखेल र ख्यालठट्टा गर्नु । अनि यी सम्पुर्ण कलाकारहरुले विभिन्न पात्रहरु भएर बाँच्नु । यी सबै सबैले एउटा सम्पुर्णता बनाएका छन् ।
धनसुवा र जसेको वरिपरि घुमेको जोखना स्मृतिहरुको लामो धागोसंगै सुरु हुन्छ । र, तीनचुला नबिर्सिनु भन्दै सिलोदाम्लो (उपदेश) दिएर निधारमा पैतालाको माटो (आमाको पैतालाको) लगाईदिँदै लाहुर पठाएको ‘निछाहाङ’ र घर फर्केर मन दुखाउदै फेरि घर छोडि हिँडेको ’जसे’ को प्रतीक्षामा खङ्ग्रङ्ग्र सुकिरहेको एउटा रुखमुनिको फलैँचामा पर्खरहेको ‘धनसुवा’ नाटक सकिँदै गर्दा उही “थिबिया” जस्तै लाग्छिन् । धनसुवाको थिबिया जिन्दगीले मन चसक्क छुन्छ ।

Published On:  178पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार