बिर्सिएकी नेपाली वीरांगानाः पासाङल्हामु शेर्पा

Facebook Debugger

खासगरी २०६२/०६३ को परिवर्ततपछि हाम्रो देश नेपालमा पनि धेरै महिलाहरुले विभिन्न अवसरका लागि अगाडि बढ्ने मौका पाएका छन् । नेपाली महिलाहरुका लागि देश बनाउने वा भनौं देशको नाम राख्ने, देशको विभिन्नि महत्वपूर्ण पदमा बसेर काम गर्ने अवसरहरु प्राप्त गरेका छन् हुन पनि अहिले देश नेपालमा राष्ट्रपति महिला छन् । त्यस्तै विगतमा प्रधानन्यायाधीश, सभामुख, उपसभमुख, उपप्रधानमन्त्री लगायत विभिन्न गरिमामय पदमा पनि महिलाहरुले नेतृत्वदायी भूमिका खेलिसकेका छन् ।
त्यस्तै यहाँ हिमाल आरोहण जस्तो अप्ठेरो काम गरेर नेपाली महिलाहरुको नाम उँचो राख्न सफल तथा अदम्य साहसकी प्रतिमूर्ति स्वर्गीय पासाङल्हामु शेर्पाका बारेमा छोटो चर्चा गर्ने प्रयास गरिएको छ । हुन पनि उनको शान अर्कै छ, मान अर्कै छ । खासगरी संसारकै उच्च हिमशिखर सगरमाथा अर्थात् चोमोलुङमाको आरोहण विभिन्न देशका विदेशी महिलाहरुले गरीसकेको भए तापनि नेपालमै रहेको, नेपालकै गौरव सगरमाथा अर्थात् चोमोलुङमा भने पर्वतारोहणको लामो समयसम्म पनि कुनै नेपाली महिलाले आरोहण गर्न सकेका थिएनन् । यही कुरालाई हृदयंगम गरेर नै स्वर्गीय पासाङल्हामु शेर्पाले सन् १९९० देखि विश्वकै अग्लो हिम चुचुरो सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने प्रयास गरिन् ।
यसरी सन् १९९०, १९९१, १९९२ र, १९९३ गरी चौथोपटकसम्मको लगातारको प्रयासमा उनले ८,८४८ मिटर (२९,०२९ फिट) अग्लो हिम शिखर सगरमाथा अर्थात् चोमोलुङमा शिरमा प्रथम नेपाली महिलाको रुपमा पाइला राख्न सफल भएकी थिइन-सन् १९९३, अप्रिल २२ मा । त्यसबेला उनले सगरमाथा अर्थात् चोमोलुङमाातर्फ लाग्नुअघि एक प्रेस वक्तव्य प्रकाशित गर्दै भनेकी थिइन्- “देशको इज्जत र प्रतिष्ठा बढाउने सोचाई राख्नु मेरो रहर होइन, बाध्यता हो । मान्छेले न जन्मदा केही ल्याएको हुन्छ, न मरेर जाँदा केही लगेर जान्छ । यही सत्यलाई हृदयंगम गरी मैले सगरमाथा चढेरै छाड्ने अठोट लिएकी हुँ । मेरा सन्तानहरुको मायाभन्दा पनि नेपाली महिलाहरुको तर्फबाट देशको नाम राख्ने अठोट लिएको छु ।” उनले अन्त्यमा उनको अभियानलाई साथ दिने सबैलाई जस्तै प्रायोजकहरु, हौसला बढाइदिनेहरु, प्रचार–प्रसार गरिदिनेहरु प्रति हार्दिक आभार व्यक्त गरेकी थिइन् । स्मरण रहोस्, उनको टोलीमा नन्दा राई र लाक्पाफुुटी शेर्पा पनि थिए भने उनको टोलीका सरदार सोनाम छिरिङ शोर्पा (दोलखा रोल्वालिङ) को अहिलेसम्म अत्तोपत्तो छैन । हुन पनि यदि फ्रेन्च नागरिक (टिम लिडर) मार्क बर्टार्डले १९९०, अक्टोबरमै साउथकोलभन्दा माथि जान दिएको भए सायद त्यही बेलै उनले सगरमाथा अर्थात् चोमोलुङमामाथि विजय प्राप्त गर्न सक्थिन् । तर, अरुको खटन–पटनमा (खासगरी विदेशी टोलीमा सम्मिलित भएपछि उक्त टोलीका टोली नेता नै सर्वेसर्वा हुने भएकाले र, टोली नेताले जे चाह्यो त्यही हुने भएकाले नै पासाङल्हामुले आफै छुट्टै टोली बनाएर अगाडि बढेकी थिइन् ।) हिंड्नु पर्ने र जे भन्यो त्यही मान्न वाध्य हुनु पर्ने भएकोले सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने अभियान आफैले चलाइन् ।

त्यसो त उनले सगरमाथा अर्थात् चोमोलुङमा चढ्नुअघि नेपालकै पिसाङ पिक, ६०९१, याला पिक ५,८०० र फ्रान्सस्थित माउण्ट ब्लँ (सेतो हिमाल) ४,८०७ पनि सफलतापूर्वक चढी सकेकी थिइन् । तर, पासाङल्हामुले सगरमाथा अर्थात् चोमोलुङमा चौथो पटकको प्रयासमा सफलतापर्वक चढेसँगै उनले उतै चोला फेर्न विवश भइन ! अर्थात् चौथोपटकको सफलतासँगै उनले आफ्नो भौतिक शरीरलाई पनि सगरमाथा अर्थात् चोमोलुङमामै सदा–सदाका लागि विसर्जन गर्न बाध्य भइन् । अर्थात हिम श्रृंखलाभित्र हुने छिनछिनमा हुने मौसमी खराबीले गर्दा देशकै ‘रत्न’ पासाङलाई प्रकृतिले जबरजस्ती चुँडाई लग्यो ।
हुन त त्यसबेला अनौपचारिक रुपमा चलेको हल्ला अनुसार (वास्तविकता पनि त्यही हो) उनको मृत्यु हुनुमा तत्कालीन श्री ५ को सरकारको ठूलो कमजोरी थियो । किनभने, सरकारले पासाङल्हामु सगरमाथा अर्थात् चोमोलुङमातर्फ लाग्नु पूर्व सरकारको तर्फबाट भव्य स्वागत गरिने भनेर करीब १५/१६ दिन अलमल्यायो । त्यसमाथि एमालेका तत्कालीन महासचिव स्वर्गीय मदन भण्डारीले एक नेपाली महिलाको साहसलाई प्रोत्साहन, सान्तवना एवम् सद्भाव स्वरुप स्वच्छ मनले पासाङल्हामुलाई बधाई ज्ञापन गर्न पार्टी कार्यालयमा बोलाएर पुष्प गुच्छासहित शुभेच्छा दिएका थिए । त्यही आधारमा कोडी मन भएकाहरुले पासाङल्हामुलाई कम्युनिष्ट भएको आशंका गरे । हुन पनि उनी विचारले जुनसुकै पार्टी र सिद्यान्त अगाल्ने भएको भए तापनि उनले देशका लागि गर्न लागेको कर्म नै ठूलो थियो । तर, उनले मदन भण्डारीबाट सुभेच्छा पाउनु नै उनका लागि अभिशाप भयो । त्यसो त मुख खोलेरै भन्नु पर्दा तत्कालीन नेपाली कांग्रेसको सरकार र सरकारी कर्मचारीतन्त्रको बुझाईमा पासाङल्हामु कम्युनिष्ट, त्यसमा पनि पक्का एमाले भइन । त्यसैको प्रतिक्रिया स्वरुप नेपाली कांग्रेसनिकट नेपाल महिला संघले पनि पासाङल्हामुलाई आफ्नो संघको झण्डा सगरमाथामा लगेर फहराउन दबाब दियो । सरकारले पासाङल्हामुलाई अन्तिममा बिदाई स्वागत पनि गरेन । बरु तत्कालीन श्री ५ को सरकारले पासाङल्हामुलाई भारतीय महिलाहरुको टोलीमा सामेल हुन दबाव दियो । त्यो बेला सरकारले सबै भन्दा लाजमर्दो कामचाहिँ के गर्यो भने, भारतीय महिला टोली बचेन्द्री पालको नेतृत्वमा सगरमाथा अर्थात् चोमोलुङमा चढ्न आएको भारतीय महिला टोलीको आरोहण दस्तुर शतप्रतिशत मिनाहा गररयो तर, पासाङल्हामुको आरोहण दस्तुरचाहिँं आंशिक रुपमा मात्रै मिनाहा गर्यो । जुन विषय राष्ट्रियताको दृष्टिले हेर्दा पनि बढो लाजपर्दो कदम देखिन्थ्यो ।
जे भए तापनि नाबालक छोराछोरी र श्रीमानभन्दा पनि देशको निम्ति भनेर जीवन नै आहूति दिन तयार भइन्- पासाङल्हामु । यसरी तत्कालीन सत्तासिनहरुले पासाङल्हामुले देश र जनताको लागि गर्न लागेको/गरेको साहसिक कार्यलाई बुभ्mन नसक्दा उनले अनाहकमा जीवनको आहुति दिनु प¥यो । वास्तवमा उनी देशको त्यस्तो वीरङ्गना थिइन्, जसको अन्तरहृदयमा केवल देशको लागि केही गरेर देखाउने दृढ इच्छा मात्रै सलबलाईरहन्थ्यो, चाहे त्यो जीवनकै बलिदान दिनुपर्ने जोखिम लिन किन नपरोस् । त्यही दृढताको फलस्वरुप स्वर्गीय पासाङल्हामु शेर्पाले विक्रम संवत् २०५०, साख १० गते (१९९३, अप्रिल २२) का दिन विश्वकै सर्वोच्च हिम शिखर सगरमाथा अर्थात् चोमोलुङमा चढ्ने प्रथम महिलाका रुपमा नेपालको राष्ट्रिय झण्डा फहराउन सफल भइन् ।
तर, पासाङल्हामु शेर्पाले आपूmले पाएको सफलताको रस्वादन गर्न र शुभ सन्देश नेपालीहरुमाझ फैलाउन नपाउँदै शिखरबाट फर्कने क्रममा आप्mनो नाम इतिहासमा सदा-सदाका लागि अमर-अजर राख्दै र, प्रकृतिको अगाडि हार मान्दै देह त्याग्न बाध्य भइन् । अर्थात् सगरमाथाको सफल आरोहणपछि फर्कने क्रममा उनको बाटोमै मृत्य भयो भने उनका सहयोगी तथा टोलीमा सरदारका रुपमा खटिएका सोनाम छिरिङ शोर्पा ( रोल्वालिङ, दोलखा) को त अहिलेसम्म अत्तोपत्तो नै छैन ।
हुन पनि हामी नेपालीहरुको चरित्र न हो, मृत्युपछि भने पासाङल्हामुको लाशमाथि राजनीति गर्न भनेसबै तँछाडमछाड गरेर लागे । त्यसका लागि पासाङल्हामु जिउँदो हँुदा विभिन्न आरोप लगाउनेहरु नै अघि बढे । अरु पनि धेरै व्यक्तिहरु यसका लागि अग्रसर भए नै । यसरी नेपाल र नेपालीको स्वाभाव र चलन अनुसार जिउँदो हुँदा वास्ता नगर्ने ‘मरेपछि खा बाबै केरा’ भने झैं हजारौं–हजारले लामबद्ध भएर वीरङ्गना पासाङल्हामु प्रति श्रद्धाञ्जलि अर्पण गरे, शवयात्रामा सामेल भए । अरु त अरु नै भए, पासाङल्हामु सगरमाथा चढ्न जाँदै छिन् भनेर थाहा पाउँदापाउँदै पनि समाचार छाप्न गाह्रो मान्ने/नछाप्ने विभिन्न (त्यो बेला रेडियो र टेलिभिजन भने सरकारी मात्रै थियो) पत्रपत्रिकाहरुले समेत गोहीको आँसु चुहाए । यतिसम्म कि केही पत्रपत्रिकाले त पटक–पटक सम्पादकीय लेखे, नेता, पत्रकार, कवि, लेखकहरुले पासाङल्हामुलाई आधार मानेर लेख लेखे, कविता लेखे, चित्रकारहरुले चित्र कोरे, शोक पुस्तिकामा अनेक गुणगानले भरिपूर्ण शब्दलंकार भरे । तर, त्यसको केही दिन, केही महिनापछि नै पासाङल्हामु सबैको मानस–पटलबाट टाढा हुँदै गइन् ।
त्यसो सगरमाथातर्पm जानुअघि उनले एक अन्तर्वातामा भनेकी थिइन् “सगरमाथा आरोहणको सफलतापछि पर्वतारोहण सम्बन्धी तालिम केन्द्र खोल्नेछु । पर्वतारोहण सम्बन्धी पुस्तकहरु प्रकाशित गर्नेछु । त्यसको बिक्रीबाट आएको रकमले पर्वतारोहण प्रशिक्षणमा खर्च गर्ने छु । शेर्पा लगायत अन्य पिछडिएका महिला एवम् केटा-केटीहरुको छात्रवृत्तिको व्यवस्था गर्नेछु ।” त्यही अन्तर्वार्तामा नेपालको प्रशासनिक कार्यशैली प्रति लक्षित गर्दै पासाङल्हामुले भनेकी थिइन् -जसलाई सम्पर्क अधिकृत भनी पठाइएको हुन्छ । ऊ पियन हुन्छ (पदीय हैसियतमा खरदार, नासु, शाखा अधिकृत वा उपसचिव नै भए पनि काम र व्यवहारलाई इंगित गर्दै) । अर्थात उसलाई विदेशीले तिम्रो नाम के हो ? भनी प्रश्न गर्दा उत्तर दिन सक्दैन भने त्यहाँ विदेशीहरुले के गर्छ भनेर उनीहरुको गतिविधि कसरी बुझ्छ ? भनी व्यंग्य गरेकी छिन् भने नेपाली (शेर्पा) हरुलाई विदेशी (हिमाल चढ्न आउने) हरुले कसरी हेप्छन् भन्ने बारेमा पनि प्रष्ट पारेकी छन् ।

पासाङल्हामु हामीमाझ जिउँदो नरहे तापनि काठमाण्डौको धुम्बाराहीमा स्थापित ‘पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान भवन’ले उनको स्मृतिलाई सदैव दिगो राख्ने प्रयास गरेको छ । पासाङल्हामुको स्मृतिलाई ताजा राख्न ‘पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान भवन’ले हरेक वर्ष खुल्ला वाल क्लाम्बिङ प्रतियोगिता लगायतका कार्यक्रमहरु गर्दै आएको छ । त्यस्तै तत्कालीन श्री ५ को सरकारले पासाङल्हामु शेर्पाले राष्ट्रलाई लगाएको गुणलाई सम्झेर पासाङल्हामुलाई २०५९ बैशाखमा ९ गते नेपालको ‘१५ औं राष्ट्रिय विभूति’ घोषणा ग¥यो । त्यस्तै ‘नेपाल तारा’ले पनि विभूषित गरियो । तर, सरकारले पासाङल्हामुलाई दिएको यो सम्मानलाई केही अनुदारवादी रुझान राख्ने बाहुन क्षेत्रीहरुले रुचाएनन् । उनीहरुले भरियालाई पनि राष्ट्रिय विभूति घोषणा गर्ने ! भन्ने आशयको लेख नै लेखे । अभैm पनि खुलेरै पासाङल्हामुलाइृ सरकारले राष्ट्रिय विभूति घोषणा गरेकोमा विरोध गरेर लेख लेख्छन् । जे भए तापनि त्यसअघि नै सरकारले काठमाडौं–त्रिशुली सडक खण्डलाई पासाङल्हामु मार्ग नामाकरणा गरेको थियो । साथै उनको योगदानको मूल्यांकन गरी सरकारले हुलाक टिकट पनि प्रकाशित गरिसकेको छ भने निजी क्षेत्रले पनि पासाङल्हामुका नाममा कलेज खोलेको । विभिन्न गल्ली, टोल र सडकहरुको नाम पनि पासाङल्हामुको नाममा राखिएको छ । नार्कले धान र गहुँको बिउको नाम पनि पासाङल्हामुको सम्मानमा नाम राखेको छ । त्यस्तै नेपाल सरकारले ७ हजार ३ सय १५ मिटर अग्लो जाक्सम्बा हिमालको नाम पनि ‘पासाङल्हामु चुली’ राखेको उता झापाको धुलाबारीमा पासाङल्हामुको नाममा रंगशालाको नाम राखिएको छ । काठमाण्डौ-त्रिशुली-धुन्चे सडकको नाम पनि पासाङल्हामु सडक नामाकण गरिएको छ । तथापि उनले राष्ट्रलाई दिएको योगदानको तुलनामा यी नाम र कामहरु नगण्य नै हो भन्ने लाग्छ । यो पंक्तिकार पदयात्रा र पर्वतारोहणसँंग सम्बन्धित मजुदर पनि भएकोले उनलाई यो देशका धुन्धुकारीहरुले जबरजस्ती मर्न बाध्य पारेका थिए भन्ने ठान्दछ । तर, अब पासाङल्हामु त पुनः जिउँदो भएर फर्किएर आउने कुरो भएन । तर, पनि उनको सपनाहरुलाई यथार्थमा परिणत गर्न र उनको सम्झनालाई ताजा बनाई राख्न ‘पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानका साथै सरकारले उनका सामान्य र सजिलै पूरा गर्न सकिने बाँकी सपनाहरुलाई पनि व्यवहारमा लागू गर्दै जान सकेमा वीरंगाना पासाङल्हामुप्रति सच्चा सम्मान र श्रद्घाञ्जली हुनेछ । त्यसैले गएको वैसाख १० गते उनले चामोलुङमा चढेको २६ औं वर्ष लागेको असवरमा हार्दिक श्रद्धा–सुमनसहित चीरकालीन सम्झना !

Published On:  166पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार