२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

सांस्कृतिक परेडमा लिटिल मिस हेरिटेजका प्रतियोगी



काठमाडौं । ‘लिटिल मिस हेरिटेज नेपाल २०१९’का १६ प्रतियोगिले सांस्कृतिक परेड प्रस्तुत गरेका छन् । उनीहरुले विभिन्न जातजातिका भेषभूषामा सजिएर वसन्तपुरडवलीमा सांस्कृतिक परेड गरेका हुन् ।

देशको कलासंस्कृति र भेषभूषा आन्तरिक तथा बाह्य पर्यटर्कलाई अवलोक गराउदै सम्पदाको जगेर्ना गर्न सन्देश फैल्याउने उदेश्यले साँस्कृतिक परेडको रहेको आयोजक जेनिथ ईन्टरटेनमेन्टका सिइियो बिक्रम सिंह मैनालीले जानकारी दिए । सो अवसरमा प्रतियोगिले सम्पदा जोगाउन सन्देश दिने प्लेकार्ड समेत बोकेका थिए । ‘लिटिल मिस हेरिटेज २०१८’ का जुनियर तथा सिनियर बिजेता प्रंसासा रायमाझी, शारिका प्रजापतीले परेको संयोजना गरेका थिए ।
‘परिवर्तनका लागि जेनिथ’ भन्ने मुल नाराका साथ कलिला मस्तिष्कहरुमा सकरात्मक विकास गराई उनिहरुको व्याक्तित्व विकास र आत्मविस्वास अभिबृद्धी गर्दै मिडिया, समाज र मुलुकका लागि कुशल नेतृत्वदायी व्यक्तित्व उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको जेनिथ ईन्टरटेनमेन्टका कार्यकारी निर्देशक प्रमोद केसी बताए ।
१८ बुधबार जावलाखेल स्थित देव हलमा अन्तिम स्पर्धा हुने प्रतियोगितामा विभिन्न संस्कृतिक तामझामका साथ बिजेता छानिने छन् । कार्यक्रममा शीर्ष सहित विभिन्न उप–र्शीकमा समेत बिजेता छानिने केसीले बताए ।

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ३ : १० बजे