नेचासल्यान गाउँपालिकाको पार्श्वचित्रमा किरात धर्म खोइ ?

Facebook Debugger

नेचासल्यान गाउँपालिकाले तयार पारेको आफ्नो गाउँ पार्श्वचित्र केहीदिन अघिदेखि विभिन्न सामाजिक सञ्जाल फेसबुक लगायतबाट सार्वजानिक भएको छ । जसलाई १० लाख खर्च गरेर तयार पारिएको जानकारहरू बताई रहेकाछन् ।
सामाजिक सञ्जालमा सार्वजानिक भए सँगै यसमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । ती अनेक थरिका टिकाटिप्पणीरूलाई विचार विश्लेषण गर्ने हो भने, गाउँ पार्श्वचित्रमा साना ठूला धेरै कमिकमजोरीका साथै अपूर्ण अपरिपक्व समेत रहेको देखिन्छ । यसमा धेरै जसो किरात राई समुदायका साथीभाइहरूले आफ्नो समुदायको विषय माथि नै टिकाटिप्पणी गरेको पाए किनकी ती तमाम टिप्पणी कर्ताहरूको मनसाय बुझ्दा म मेरो समुदायलाई के ? कसरी ? कहाँ ? प्रस्तुत गरिएको छ, भन्ने विषय नै पहिलो चासो हुँदो रहेछ भन्ने देखीयो । ज-जसले आफू र आफ्नो समुदाय जस्ताको तेस्तै त्यहाँ उतारिएको पाए प्रायः उनीहरूले नै अरू विषयमा टिकाटिप्पणी गरेका छन् । मेरो नजर पनि अरू किराती साथिभाइहरूको झै म मेरो समुदायको उपस्थिति मै ठोकिन पुगे । त्यसैले मैले पनि त्यसै विषयमा रहेर केही सुधार गर्न सकिने टिप्पणी गरेको छु ।
गाउँ पार्श्वचित्र (भीलेज प्रोफाइल) अन्तर्गत जानासांख्यिक विवरण भित्र हामी वायुङ्ग र बाहिङ सम्बन्धी गरेका केही त्रुटिहरू : 
१. यस क्षेत्रका अधिकांश वायुङ्ग र बाहिङहरू आफुलाई वायुङ्ग भन्छन भन्न रुचाउँछन् तर यस विवरणमा वायुङ्ग उल्लेख गरेको पाइएन त्यसैले यसलाई वायुङ र बाहिङ लेखेर सच्याउन आवश्यक छ ।
२. धार्मिक तथ्याङ्क अन्तर्गत किरात भनेर उल्लेख गरेको पाइएन । जहाँ की तथ्याङ्क अनुसार वायुङ्ग तथा थुलुङ्गको जनसंख्या ३२.८६५ रहेको छ, जो किरात भित्र पर्दछन् । त्यसैले धर्ममा किरात (पितृवादी प्रकृतीवादी) भनेर उल्लेख गर्न आवश्यक छ ।
३. उक्त विवरण अनुसार वायुङ्गहरूको जनसंख्या १८.८९५ छ । तर वायुङ्ग भाषी भने १८.०६५ मात्र देखाइएको छ । यसको मतलब नेचासल्यानका ०.८३५ वायुङहरूले वायुङ्ग भाषा बोल्न जान्दैनन ? यो पनि सहि तथ्याङ्क नहोला किनकी वायुङ्ग जनघनत्व भएका क्षेत्रमा गैर वायुङ्गहरूले पनि यो भाषा बोलेको सुनिन्छ ? देखिन्छ । यसो हुँदा वायुङ्ग भाषीको सङ्ख्या बढेर आउनुपर्ने हो ।
४. प्रोफाइलमा हिन्दु धर्म सम्बन्धि सबै चाडहरु उल्लेख गरिएको छ । तर किरात थुलुङ्ग र वायुङ्ग राईहरूले मनाउने पितृ कार्जे र प्रकृति पूजा उधौली (जाडो मौसम सुरु भई जीवजन्तु चराचुरुङ्गी किराफटेंग्रा आउल झर्ने समय) र उभौली (गर्मी मौसम सुरू भै जीवजनावारहरू लेक तीर लाग्ने समय) अन्तर्गतका चाडहरू उल्लेख गरिएको छैन । सिधै वेवास्ता गरिएको देखिन्छ ।

त्यसैले राई चाडहरु भुमेपुजा, नाक्ले, वाक्सा, सेग्रो, तोसी लगायतका सबै पितृ प्रकृती पुजाहरू उल्लेख गरिनु पर्छ । यी मैले माथी उल्लेख गरेका बुँदागत टिप्पणी बाहेक अरु पनि उल्लेख गर्न आवश्यक विषयहरू हुन सक्छन् । तर मुख्य विषयहरु भने यही हो भन्ने लाग्छ । यी कुराहरु समेटिए हाम्रो वायुङ्ग राई समुदायको तथ्याङ्कको विषय अझ परिपक्क हुनेछ । यो किरातहरु माथी स्थानीय तहको न्यायोचित कदम भएन ? यदि यस्तै त्रुटीपूर्ण तथ्याङ्कहरू तल्लो तहबाट संकलन भई माथिल्लो सरकारी तहमा पुग्नाले भविष्यमा विभिन्न नकरात्मक असरहरू पुग्नेछ । कुनै पनि जाती भाषी समुदायको असली अस्तित्व पहिचान सत्यतथ्य रुपमा प्रस्तुत गर्नु नै तिनीहरू आफु आफ्नो समुदायको उपस्थिती त्यहाको निकाय राज्यमा भएको महसुस गर्नु हो । साम्प्रदायिक रुपमा आफू सुरक्षित रहेको महसुस गर्नु हो । वायुङ्ग जाती भाषीहरूको मात्र नभई सबै जाती भाषी समुदायहरू राज्यका हरेक तहमा आफु भएको महसुस गरे ती जाती भाषी समुदायहरू देश समाजमा साम्प्रादायिक हिंसा विद्रोहबाट विमुख भइ सामाजिक आर्थिक भौत्तिक विकाश तर्फ मोडिनेछन् ।

Published On:  356पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार