काठमाडौं । साउदी अरबमा रहेको नेपाली दूताबास रियादले साउदीमा रहेका नेपाली संघ संस्थाहरुलाई आउने आर्थिक वर्षका लागि अद्यवधिक गर्न आग्रह गरेको छ । दूताबासले एक विज्ञप्ती जारी गर्दै नेपालीहरुले सञ्चालन गरेका सबै संघ संस्थाहरुको सम्पूर्ण विवरण सहित अद्यावधिक गर्न आग्रह गरेको हो ।

‘आफ्नो संघ संस्थाको नाम, विधान, स्थापनाको मिति, दर्ता भएको भए दर्ता स्थानरनंबर, संस्थाका वर्तमान पदाधिकारीहरुको नामावली, संस्थाको नाममा कुनै बैङ्क खाता भए सोको जानकारी’ सहित अद्यावधिक गर्न दूताबासद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । ‘सन् २०१८ मा संस्थाले विधानको उद्देश्यसँग मेल खाने कार्यक्रमहरु सञ्चालन गरेको भए सोको सामान्य विवरण र संस्थाले यस वर्ष सञ्चालन गर्ने गरी कुनै कार्यक्रम तय गरेको भए सोको समेत जानकारी खुल्ने आवश्यक कागजातहरु यही २०७६ र ०३ र ३१ सम्ममा यस राजदूतावासमा बुझाउन वा राजदूतावासको निम्न लिखित ईमेल ठेगाना मा पठाउने व्यवस्था हुन सम्बन्धित सबैमा अनुरोध छ ।’ जारी विज्ञप्तीमा छ ।
१३ जेष्ठ २०७६, सोमबार
133
Shares







