२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

४ वर्षदेखी बन्द रहेको तातोपानी नाका यसरी खोलियो (फोटोफिचर)


१६ जेष्ठ २०७६, बिहिबार  

98
Shares

तातोपानी । ४ वर्षदेखि बन्द रहेको नेपाल चीनबीचको तातोपानी नाका बुधबारबाट पुनः सञ्चालनमा आएको छ ।

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादव र चिनियाँ वाणिज्य उपमन्त्री झाङ्ग जिवेन, चिनियाँ राजदुत हाउ याङछीले संयुक्त रुपमा रिबन काटेर तातोपानी नाकाको पुनः सञ्चालन भएको घोषणा गर्दै उद्घाटन गरेका हुन् ।

दुई देशलाई जोडने मितेरी पुलमा आयोजित औपचारिक समारोहबीच नाकाको उद्घाटन भएपछी ना ६ ख ४७५१ नम्बरको कन्टेनर ऊनसहित चिनियाँ भुभागबाट नेपाल भित्रिएको छ ।

अन्य ३ कन्टेनर भ्यान पनि ऊन लिएर नेपाल भित्रिएका छन । नाका पुनः सञ्चालन पश्चात सयौं व्यापारी व्यवसायीसहित हजार जना भन्दा बढी स्थानीय सिमा बजार लिपिङमा पुगेका थिए । भूकम्पले भौगोलिक अवस्था क्षतिग्रस्त बनाएकाले मानिसलाई भने चिनतर्फ जान रोक लगाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७६, बिहिबार  ३ : १७ बजे