सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा रहेको खुम्बुपासाङल्हमू गाउँपालिकाको पहिचान बोकेको गाउँपालिकाको गान (गीत) सार्वजनिक गरिएको छ । नेपाल सरकारका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधीसभा सदस्यद्धय योगेस भट्टराई र हेमकुमार राई ‘सुरवीर’, सोलुखुम्बु प्रदेश ‘ख’ सांसद एवं नेकपा प्रदेश नं. १ प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले संयुक्त रुपमा विमोचन गरेका थिए ।

गाउँपालिकाको गान एक कार्यक्रमबीच नाम्चेबजारमा विमोचन गरिएको खुम्बुपासाङल्हमू गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताए । गाउँपालिकाको गानमा पुरुषोत्तम सानुको शब्द रचना, ज्योति प्रकाशको संगीत र प्रताप दासको आवाजमा रहेको छ ।
यस्तो छ खुम्बुपासाङल्हमू गाउँपालिकाको गान :
विश्वको अग्लो हिमाल यहि छ सगरमाथा
पासाङल्हामु, तेञ्जिङ, आप्पा नेपालीको गाथा
पर्दछ यहि विश्वको उच्च विमानस्थल
हाँसेको आमाडब्लम सँगै नुप्चे हिमाल
हो … जाङ्बु दाई …
स्वर्ग जस्तै झिलिमिली हिमालको काखमा छ, हाम्रो खुम्बुपासाङल्हमू गाउँपालिका
१७ जेष्ठ २०७६, शुक्रबार
7
Shares







