काठमाडौं । नव-नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ३’बाट सिने क्षेत्रमा डेब्यु गरेकी हुन् । नेपाली सिने क्षेत्रका चर्चित अभिनेत्री जोडी झरना थापा र निर्माता सुनिलकुमार थापा एक्ली छोरी हुन् नायिका सुहाना थापा ।

नव-नायिका सुहाना थापा लाई पछिल्लो सिने जगत्मा धेरै रुचाइएको छ । सुहानाको पहिलो चलचित्र हो ‘ए मेरो हजुर–३’ । उक्त चलचित्र सुहानाको आफ्नै होम प्रोडक्सनबाट निर्माण भएको थियो । सुहानाको अभिनय र लुक्सको सर्वत्र चर्चा र परिचर्चा भइरहेको छ ।

पछिल्लो समय उनलाई सामाजिक सञ्जालमा खोज्नेको संख्या धेरै छन् । चर्चित अभिनेता अनमोल केसीसँग डेब्यु गरेकी सुहाना यतिबेला फिल्म लिएर ओभरसिज टुरमा रहेकी छिन् । आमा झरना थापासँग त्यहाँ पुगेकी सुहानाले बोल्ड तस्वीर खिचेका छन् ।

२१ जेष्ठ २०७६, मंगलबार
21
Shares











