प्रदेश सरकारको ब्लण्डर मिस्टेक ! कहिले चढे आङरीताले २५ पटक सगरमाथा ?

Facebook Debugger

सोलुखुम्बु । प्रदेश नं. १ सरकारले बिहीबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रदेशसभा बैठकबाट सार्वजनिक गरेको छ । प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा २५ पटक सगरमाथा चढ्ने विश्व किर्तीमानी आरोही आङरीता शेर्पालाई विशेष सम्मान गरिने उल्लेख गरिएको छ ।

अहिलेसम्म न आङरीता शेर्पाले २५ पटक सगरमाथाको आरोहण गरे ? न अरु कसैले ? बल्ल यो वर्षको वसन्त ऋतुमा आरोही कामीरीता शेर्पाले एक हप्तामा दुई पटक सगरमाथाको सफल आरोहण गर्दै २४ पटक पुर्याए । अनि कहिले चढे आङरीता शेर्पाले २५ पटक सगरमाथा ?
प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको १०० बुँदामा ‘२५ पटक सगरमाथा शिखर आरोहण गर्ने यस प्रदेशका सगरमाथा आरोही विश्व किर्तीमानी आङरीता शेर्पा र अल्ट्रा म्याराथुन खेलबाट नेपाललाई विश्वभरि चिनाउने धाविका मिरा राईलाई विशेष सम्मान गरिने छ ।’ भनेर लेखिएको छ ।


आङरिता शेर्पा पनि सगरमाथा चढेरै विश्व किर्तीमानीमा आफ्नो नाम लेखाएका छन् । उनी बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएका छन् । उनले हिउँ चितुवाको उपनाम समेत पाएका थिए । उनी खुम्बुपासाङल्हमु गाउँपालिका वडा नं. ५ ठमोका स्थायी बासिन्दा हुन् ।
प्रदेश सरकारले विशेष सम्मान गर्ने भनेको कामीरीता शेर्पालाई हो की ! आङरीता शेर्पालाई हो ? उनीहरु दुवै विश्व किर्तीमानी आरोही हुन् । सबैभन्दा बढि सगरमाथा आरोहण गर्नेलाई सम्मान गर्ने हो भने कामीरिता शेर्पा हुन् । यदि बिना अक्सिजन सबैभन्दा बढि सगरमाथा आरोहण गर्नेलाई सम्मान गर्ने हो भने आङरिता शेर्पा हुन ?

यो पनि पढ्नुहोस ।

प्रदेश १ को नीति तथा कार्यक्रम : धरान-मूलघाटमा सुरुङ मार्ग (पूर्ण पाठसहित)

आफ्नै कीर्तिमान तोड्दै कामीरिता २४ औं पटक सगरमाथा शिखरमा

Published On:  238पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार