ग्ल्यामर क्षेत्रमा जम्न गाह्रो छ : मोडल कशिस दाहाल

Facebook Debugger

काठमाडौं । सुनसरी, इटहरीकी कशिस दाहालले मोडलिङमा पाइला राख्नु अगावै हिन्दी भाषामा बनेको फिल्म ‘सपना’ मा अभिनय गर्ने अवसर पाएकी थिइन् ।


‘मिस पूर्वाञ्चल २०१४’ मा भाग लिएपछि उनलाई मोडलिङसम्बन्धी आधारभूत तालिम लिने मौका र्जुयो । फिल्म ‘फुर्के’, ‘डिल्लीराम’मा उनले मुख्य अभिनेत्रीका रूपमा काम गरेकी छिन् । फिल्म ‘द प्रिन्स’ र ऐतिहासिक विषयवस्तुमा बनेको फिल्म ‘नालापानी’ मा पनि अभिनय गरेकी छिन् ।
फिल्ममा करिअर बनाउने उद्देश्यले काठमाडौँ आएको बताउने कशिस ग्ल्यामर क्षेत्रमा जम्न गाह्रो भएको बताउँछिन् । ‘इटहरीमा हुँदा केही म्युजिक भिडियो र विज्ञापनमा अभिनय गरेकी थिएँ,’ उनी भन्छिन्, ‘तर, काठमाडौँमा बसेर फिल्मी करिअर अघि बढाउने गाह्रो रहेछ ।’ सम्पूर्ण साप्ताहिकबाट ।

Published On:  161पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार