समरमा रिमाको रोमान्स ! कसरी आईन रंगीन पर्दामा ?

Facebook Debugger

काठमाडौं । नेपाली चलचित्र ‘मिस्टर नेपाल’मा नायिका रिमा विश्वकर्माले नायक भुवन केसीसँग रोमान्स गर्दैछिन् । पछिल्लो समय सार्वजनिक भएको तस्वीरमा नायिका विक ‘मिस्टर नेपाल’ नामक नेपाली चलचित्रमा अनुबन्धित भएकी हुन् ।


नेपाली टेलिभिजनको इतिहासमै लोकप्रिय रियालिटी शो नेपाल आईडलको प्रस्तोता रिमाले झण्डै आधा दर्जन बढि चलचित्रमा नायिकाको भूमिका निभाइसकेकी छिन् । उनले थुप्रै म्युजिक भिडियोमा समेत अभिनय गरेकी छिन् । चरित्रमा डुबेर अभिनय गर्ने नायिकाको रुपमा उनले नेपाली रजपटमा छबि बनाएका छन् ।
मोडलिङ क्षेत्रमा पनि उनको त्यत्तिकै सफलता पाएकी छिन् । उनी बर्दियाको गुलरियामा जन्मिएकी हुन् । उनी सेतो रंग मनपराउँछिन् भने मनपर्ने पहिरनमा साडी रोज्छिन् । पार्टीका लागि भने उनी गाउन लगाउन रुचाउँछिन् । सपिङमा उनी सौख छिन् । आफ्नो मुस्कान आफैँलाई मनपर्ने बताउने रिमाले फोन, मेकअप किड, पेन, हेडफोन र एटिएम कार्ड व्यागमा बोक्ने बताउँछिन् । उनी ग्याजेटमा खासै रुचि राख्दिनन् । बरु मेकअप सामानमा बढी खर्च गर्ने उनी बताउँछिन् ।


पत्रकारीता क्षेत्रबाट आएकी उनी बोल्न कहिले पनि नथाक्ने बताउँछिन् । उपन्यासहरु पढ्न निक्कै रुचाउछिन् । लेखक बाज्रिलियन पाउल कोल्होको उपनायस नियमित जसो पढिरहने बताए । जापानीज लेख हारुकी मोराकोनो उनलाई मनपर्ने लेखक हुन् । बिदाको समयमा विदेश घुम्न रुचाउछिन् ।
चलचित्रकै अध्ययन गरेर भविष्यमा चलचित्र बनाउने उनले सोच छ । थोरै चलचित्र आएपनि मिडियामा भने रिमा आइरहन्छिन् । उनले करिअरको शुरुवात भने मिडियाबाटनै गरेकी थिइन् । टेलिभिजनमा बाल कलाकारको भूमिकाबाट रंगीन पर्दामा आएकी हुन् ।

Published On:  267पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार