२६ कार्तिक २०८३, बुधबार | Thu Nov 12 2026

दुनियाँलाई ‘फिदा’ बनाउने मोडल रोवेनाको कोकाकोला फिगर !


एजेन्सी

३१ जेष्ठ २०७६, शुक्रबार  

112
Shares

एजेन्सी । पछिल्लो समय एक सुन्दरीको तस्वीर दुनियाँलाई फिदा बनाउने सुन्दरी भन्दै सामाजिक सञ्जालमा भाईरल भएको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै संसारभरका सुन्दरीहरु बाहिरी संसारको नजरमा आउने गरेका छन् ।


संसारमा केही यस्ता सुन्दरीहरु छन् ! जसको आकर्षक शारीरिक बनावटले थोरै समयमा पनि चर्चापरिचर्चा पाउँने गरेको छ । यी सुन्दरी पनि यस्तै छोटो समयमानै चर्चा पाएकी सुन्दरी हुन् । यी सुन्दरीको नाम हो तहलिया रोवेना । रोवेना लण्डनकी चर्चित फिटनेस ट्रेनर र एक चर्चित मोडल समेत हुन् ।
तहलियाले निकै कम उमेरमै फिटनेस प्रशिक्षण दिन शुरु गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार तहलियाले चर्चित सेलिब्रेटीलाई समेत प्रशिक्षण दिइसकेकी छिन् । तहलिया सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । इन्स्टाग्राममा शेयर गरिएका फोटोका कारण उनी सधैं चर्चाको विषय बनिरहन्छिन् ।
उनको आकर्षक शारीरिक सुगठन देख्ने बित्तिकै सबैलाई आकर्षण गर्छ । अनि धेरै मानिसले उनलाई देख्ने बित्तिकै भन्ने गर्छन, ‘वाह कति राम्री युवती ।’ उनले विभिन्न म्युजिक भिडियो, विज्ञापनमा मोडलिङ गरेकी छन् । उनलाई कलियुगको अप्सरा समेत भन्ने गरिएको छ ।
उनले सामाजिक सञ्जाल इन्टाग्राममा पोष्ट गरेका तस्वीरहरु धेरैले मन पराएर लाईक, कमेण्ट र शेयर गरेका छन् । फिटनेस सेन्टरको ट्रेनर भएर पनि उनले शरीरलाई कसरी आकर्षक बनाउन सकिन्छ भन्ने ज्ञान हासिल गरेकी छिन् । उनी भाईरल भएसँगै विभिन्न चलचित्रमा खेल्न अफर समेत आइरहेको बताएकी छिन् । तर उनले भने राम्रो स्क्रिप्ट भएको चलचित्रमा मात्र खेल्ने बताइन् ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७६, शुक्रबार  २ : ४३ बजे