हट डाक्टर : जसले फेसबुकमा ६ फोटो पोष्ट गर्दा लाइसेन्सनै चट !

1k Shares

एजेन्सी । म्यान्मारमा एक सुन्दरी महिला डाक्टरले आफ्नो फेसबुकमा हट फोटो पोष्ट गर्दा वर्षौं लगाएर लिएको डाक्टरको लाईसेन्स रद्द भएको छ । उनले फेसबुकमा फोटो पोष्ट गरेकै कारणले गर्दा लाइसेन्स गुमाउनुपरेको हो ।


मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गरिदिएको घोषणा गरेपछि महिला डाक्टरले त्यसको विरोध गर्दै व्यक्तिगत स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताए । २९ वर्षीया महिला डाक्टर नानमेवे स्यानले सामाजिक सञ्जालमा स्विमसुट र लन्जरी लगाएर तस्वीर पोस्ट गरेकी थिइन् । उनको कपडा म्यान्मारको संस्कृति र परम्परा विरुद्ध रहेको भन्दै मेडिकल काउन्सिलले लाइसेन्स रद्द गरिदिएको बताएको छ ।
गत जनवरी महिनामै काउन्सिलले उनलाई चेतावनी दिएको थियो । त्यतिखेर स्यानले फोटाहरू हटाउने भनेकी थिइन् तर हटाइनन् । आफूले उपचार गर्दा यस्ता कपडा नलाउने गरेको डाक्टर स्यानले बताइन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार