मोरङ । मोरङको इलाका प्रहरी कार्यलय पथरीमा सोमबारदेखी प्रहरी नायब उपरिक्षक (डीएसपी) आएका छन ।

पथरीशनिश्चरे नगरपालिका–१ पथरीमा षडराज तामाङ र रिना बस्नेतको बजारमै शंकास्पद मृत्यु भएपछि स्थानीयबासीले डीएसपीको दरबन्दी माग गर्दै आएका थिए । पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिप राईको टोलिले गृहमन्त्री रामबहादुर थापा (बादल), १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतलाई ज्ञापनपत्र बुझाएका थिए ।
पथरीमा शंकास्पद हत्या लगाएतको विभिन्न घट्ना भएपछि त्यहा कार्यरत प्रहरी निरीक्षक कमल बजगाई कामगर्न नसकेको ठहर गर्दै जिल्लामा तानेर प्रहरी नीरिक्षक सुवास भट्टराईलाई त्यहाँ पठाएको थियो । भट्टराईसँगै प्रहरी नीरिक्षक सागर घले पथरीमा कार्यरत रहेका छन् । जनताको माग अनुसार प्रहरी नायब उपरिक्षक (डीएसपी) लक्ष्मी अधिकारी इलाका प्रहरी कार्यालय पथरी आएका हुन् । उनी दंगा नियन्त्रण प्रहरी कार्यालय दुहबी सुनसरीबाट तत्कालको लागि काजमा आएको प्रहरी नीरिक्षक सुवास भट्टराईले बताए ।







