२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

वेश्यालयमा पुग्दा आफ्नै श्रीमती भेटिएपछि …!



एजेन्सी । सुपर एक्स्प्रेस पत्रिकाको समाचार अनुसार पोल्याण्डको एक स्थानीय वेश्यालयमा श्रीमान–श्रीमती एकअर्कालाई हेरेर छक्क परेको खबर छ । श्रीमानले जहिले पनि अतिरिक्त खर्चका लागि केही पैसा दिन खोज्दा आफूसँग पर्याप्त पैसा भएको श्रीमतीले बताउने गर्थिन् । यसभित्रको भित्री रहस्य के हो भन्ने उनलाई थाहा थिएन । तर त्यस दिन एकअर्कालाई देखेपछि भने अन्य दिनजस्तो सामान्य स्थिति उनीहरुबी रहेन ।


श्रीमानले प्वाक्क सोधिहाले यस्तो ठाउँमा तिमी के गर्दैछौ र ? उनले श्रीमानलाई रातिराति पार्ट टाइम गर्ने गरेको त बताउने गरेकी थिइन, तर वेश्यालयमा उनी काम गर्छिन् भन्ने कुरा चाहिँ बताएकी थिइनन् । त्यस रात श्रीमान रमाइलो गर्न वेश्यालय के पुगेका थिए, श्रीमतीलाई भेट्टाए । पछि सोधखोज गर्दा त उनले के थाहा पाए भने, त्यो वेश्यालयका सञ्चालकमध्ये उनी पनि एउटी रहिछन् ।
श्रीमानले पत्रिकालाई भने– ‘म त पक्क परेर उनलाई हेरेको हेरै भएँ । पछि बुझ्दा त उनी त्यो वेश्यालयकी सञ्चालिका पो रहिछन् ।’ विगत १४ वर्षसम्म विवाहित रहेका यी दुवैको सम्बन्ध अब चाहिँ समाप्त हुने भएको छ । श्रीमानले पारपाचुकेका लागि निवेदन दिएका छन् ।

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ९ : ०५ बजे