२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

बलिउड नायिका हिना बाबुसँग खिचेका यस्ता तस्वीरले बनिन् भाईरल !



एजेन्सी । बलिउड नायिका हिना खान सामाजिक सञ्जालमा भाईरल भएकी छन् । नायिका खानले मंगलबार फादर्सडेका दिन बाबुसँग खिचेका केहि तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेपछि भाइरल भएकी हुन् ।


विषेश गरी विदेशमा जुन १६ तारिखलाई फादर्सडे मनाउने गर्दछन् । भारतमा पनि सोही दिन फादर्सडे मनाइन्छ । नायिका खानले साथीहरुसँग जस्तै गरी मस्ती गर्दै बाबुसँग विभिन्न पोजका फोटो खिचेकी छन् । उनको फोटो उनको क्यामेरामा मात्र सिमित भएनन्, उनले सामाजिक सञ्जालको साहारा लिएर सबैलाई देखाउनको लागि पोष्ट गरिन् । तर उनको तस्वीरमा सकारात्म भन्दा नकारात्म प्रतिक्रिया बढि आएका छन् ।


केहिले बाबुसँगपनि राम्रो सम्बन्ध रहेको उनीहरु साथी–साथी जस्तै देखिएको भनेका छन्, भने कसैले सँस्कारी समाजमा बाबु छोरीको यस्तो तस्वीर आउँनु यति हदसम्म उमेर पुगेरपनि झुम्मिनु राम्रो नभएको भन्दै नकारात्मक टिप्पणी समेत गरेका छन् ।
जे होस् यो सामाजिक सञ्जालको जमाना हो । व्यक्तिले स्वतन्त्र अभिव्यक्ति दिन पाएका छन् । तर, हामीलाई भने हिनाको पितासँगको मित्रवत व्यवहार सही लागेको छ । आफ्ना सन्तान बाबुआमाका लागि कहिल्यै ठूलो भएको लाग्दैन् । बाबुआमाको नजरले सँधै सन्तानलाई सानै देख्छन् । अनि सन्तानले बाबुआमासँग सँधै लुटपुटिन पाए हुन्थ्यो भन्ने लाग्छ । सामाजिक सञ्जालमा जस्तो प्रतिक्रिया आएपनि बुढेसकाल लागेका बाबुलाई खुशी पार्नको लागि पनि त हिनाले यस्तो गरेकी हुन सक्छिन् ! की कसो ?

Sagarmatha

प्रकाशित मिति : ४ असार २०७६, बुधबार  ५ : १६ बजे