हट सुन्दरी डाक्टरको जागिर जानुको रहस्य खुल्यो ! यस्तो बोल्ड फोटो भेटियो ! (फोटोसहित)

Facebook Debugger

रोयटर्स । म्यान्मारकी एक सुन्दरी महिला डाक्टरको जागिर जानुको रहस्य खुलेको छ । २९ वर्षिया नानमेवे स्यान नामकी डाक्टरले आफ्नो फेसबुकमा बिकिनी लगाएर खिचेको हट फोटो पोष्टगरेपछि हुँदाखादाको जागिर गुमाउनु परेको हो ।


म्यान्मारको मेडिकल काउन्सिलले अनुमतिपत्र रद्द गर्दै भनेको छ, ‘उनले म्यान्मारको सँस्कार, सँस्कृतिलाई असर पुर्याउने खालका पहिरन लगाएर फोखो खिचेर फेसबुकमा पोष्ट गरिन् । उनले लगाएको पहिरनले म्यान्मारको सँस्कृतिमाथि गम्भिर असर पर्ने देखिएकाले इजाजतपत्र रद्द गरिएको हो ।’
नानमेवे स्यानको पोष्टले १८ हजारभन्दा अधिक प्रतिक्रिया र ५ हजार ६ सय कमेन्ट गरिएको छ । एक प्रयोगकर्ता, माट हर्टरले यस्तो टिप्पणी गरे, ‘तपाईंले एक चिकित्सकको पेशा वा मोडलिङमध्ये एक रोज्नु पर्छ । तपाईं दुवैलाई लिन सक्नुहुन्न । किनभने तिनीहरू एकअर्काका विरोधी हुन् ।’
स्यान चिकित्सक पेशामा लागेको ७ वर्ष भएको छ । उनलाई २ वर्ष पहिले पनि सामाजिक सञ्जालमा बिकिनी लगाएको फोटो पोष्ट नगर्न चेतावनी दिइएको थियो । तर, उनले बारम्बार बिकिनी लगाएको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेपछि इजाजतपत्र रद्द गर्नु परेको मेडिकल काउन्सिलका अधिकारीले बताएका छन् । उनले अबदेखि सामान्य बिरामीलाई पनि कुनै मेडिकलमा गएर जाँच गर्न पाउँदिनन् । गएको जनवरीमा पनि उनलाई यस्तो प्रकारका फोटोहरु सामाजिक सञ्जालमा पोष्ट नगर्न चेतावनी दिइएको थियो ।


इजाजतपत्र रद्दपछि रोयटर्सका पत्रकारसँग प्रतिक्रिया दिँदै सानले भने ‘मलाई एकदमै सक्ड लाग्यो । यो निर्णयले म धेरै दुःखी छु । डाक्टर हुन मैले लामो संघर्ष गरेको थिए ।’ बर्मेलीहरु यौनको विषयमा खुलस्त हुन सानले आग्रह समेत गरेकी छिन् । ‘बर्मेलीहरुको मानसिकतामा यौनवादको जरो छ । समस्या भनेको हाम्रो परम्परावादी समाज हो, बर्मेली परम्परा र संस्कृतिको संरक्षण गर्ने महिलाको भूमिका महत्वपूर्ण छ ।’ स्यानले भने, ‘जब फोटोका लागि एक हट मोडेल हुन्छ, यो सधैं बर्मा संस्कृतिको विरुद्धमा छ । तर बर्मा संस्कृति भनेको के हो ? म साँच्चै यसलाई स्वीकार गर्दिन ।’
इजाजतपत्र रद्द गरेपछि मेडिकल काउन्सिलसँग उनको सम्पर्क भएको छैन । उनले आफ्नो निर्णय सुनाउने योजना बनाएका थिए । तर, त्यो सम्भव भएन । ‘म्यानमारको मेडिकल क्षेत्रमा धेरै महत्वपूर्ण नैतिक समस्याहरू छन् । म तिनीहरूलाई उनीहरूको मोडलिङ जस्तै साना समस्याहरू हेरेर समय बर्बाद गर्न चाँहन्न ।’ उनले भने, ‘तर जुन समस्या म सामना गरिरहेको छु, म आफ्नो मोडेलिङ पेशालाई कहिल्यै छोड्ने छैन ।’

Published On:  1504पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार