२७ कार्तिक २०८३, बिहिबार | Fri Nov 13 2026

भारतीय लडाकु विमान दुर्घटनाग्रस्त, ७ जनाको शव भेटियो ! ६ जना अझै बेपत्ता !


एजेन्सी

६ असार २०७६, शुक्रबार  

14
Shares

एजेन्सी । केही दिन अघि हराएको भारतीय विमान एएन-३२ दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । १३ जना सवार भारतीय लडाकु विमानमा ७ जनाको शव भेटिएको छ, भने ६ जना अझै बेपत्ता छन् ।

फाईल तस्वीर ।

लडाकु विमान भारत र चीनको सीमा नजिकै दुर्घटना ग्रस्त अवस्थामा भेटिएको हो । अहिलेसम्म सेनाले ७ जनाको शव भेटिएको जानकारी दिइएको छ । एएन-३२ विमान जून ३ मा असम जोरहाटबाट उडान गरेको थियो । हेलिकप्टर एमआई-१७ मंगलवार ११ जून अरुणाचल प्रदेशको लिपो नजिकै झण्डै १२ हजार फिट माथि केही टुक्रा फेला परेको थियो ।
भारतीय रक्षा मन्त्रालयका प्रवक्ता विंग कमान्डर रत्नाकर शेट्टीका अनुसार अहिलेसम्म दुर्घटनाको कारण खुल्न नसकेको जानकारी दिए । विमानको ब्ल्याक बक्स क्षतिग्रस्त भएको छ । सेनाले गएको ९ जुनमा ब्ल्याक बक्स फेला पारेको थियो । अरुणाचलको मेनचुका एयरफील्ड भन्दा माथि एएन-३२ विमान सम्पर्क विहिन भएको थियो ।
विमानको खोजि भारतीय नौसेनाको टोही पी-८ आई विमान र इसरोको स्याटलाइटबाट गरिएको थियो । घना जंगल भएका कारण पी-८ आई विमानको प्रयोग गरिएको थियो । यो विमान इलेक्ट्रो अप्टिकल र इन्फ्रारेड सेन्सर्स लेस हुन्छ । यस विमानमा शक्तिशाली सिन्थेटिक अपर्चर रडार (एसएआर) प्रयोग गरिएको छ । आज भन्दा ३ वर्ष पहिले पनि २२ जुलाई सन् २०१६ मा भारतीय वायुसेनाको विमान एएन-३२ वेपत्ता भएको थियो ।
उक्त विमानमा २९ जना यात्रु वेपत्ता भएका थिए । विमान चेन्नईदेखि पोर्ट-ब्लेयरतर्फ गइरहेको थियो । बंगालको खाड़ीपछि उक्त विमानको सम्पर्क विच्छेद भएको थियो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १२ : ३३ बजे