काठमाडौं । सबैको आ-आफ्नै समस्या र दुःख हुन्छ । कतिपयले ती समस्या र दुःखसँग आफ्नै देशमा बसेर मुकाबिला गर्छन्, भने कतिपय विदेशिन्छन् । यस्तै भएको छ एक नेपाली किशोरलाई ! आफ्नो लाउलाउ खाउखाउ उमेरको २२ वर्षिय विनोद रानाभाट यत्तिखेर कतारी जेलमा आँशु पिएर बाँचिरहेका छन् ।

भारतीय नागरिकलाई मारेको झुठो आरोपमा उनी जेल परेका हुन् । नेपाली सँस्कृति, सँस्कार र परम्परामा दुःख परेका बेला सबैलाई सहयोग गर्नु नै धर्म मानिएको छ । र यही मान्यतामा नेपाली समाज हिजोदेखि चलिआएको छ । नेपालीहरु विश्वको जुनसुकै ठाउँमा रहेपनि यो सामाजिक मान्यतालाई कहिल्यै बिर्सिदैनन् । कुनै न कुनै तरिकाले आत्मासाथ गरिरहेका छन् । तर, विश्वको धेरै देशमा यही कारणले नेपालीहरु अनाहकमा फसिरहेका छन् । ती देशको कानून हाम्रो सामाजिक सहयोगी मान्यताभन्दा फरक छ । कतिपय त दुर्घटना भएपछि विदेशीलाई बचाउन जादा फिङ्गर प्रिन्ट देखियो भनेर दोषि देखाई फाँसीको सजायसम्म पाएका थुप्रै नेपालीहरु छन् ।
यस्तै भएको छ विनोदलाई पनि ! उनकै आँखा अगाडि दुई जना विदेशी कुटाकुट गरे । उनकै अगाडि एक अपरिचित मानिस रगताम्य भएर ढलिरहेको देख्न सकेनन् । आखिर नेपाली मन भएका विनोदले उनलाई ट्याक्सीमा राखेर अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भयो । शवको पोष्ट मार्टम गर्दा विनोदको फिङ्गर प्रिन्ट मिलेकाले उनलाई दोषि ठहर्याई जेल पठाइयो । ती मृतक भारतीय नागरिक रहेछन् । उनको परिवारले २ लाख ६० हजार कतारी रियल (नेपाली ८२ लाख) ब्लडमनी मागेको छ ।
जनरल क्लिनरमा काम गर्न गएका विनोद कतारमा केहि महिनापछिनै जेल परेका थिए । ५ मिहिनाभित्र तोकिएको ब्लडमनी बुझाउन सकिएन भने विनोदलाई फाँसीको सजाय समेत हुन सक्ने उनको बुबा ढाकामोहन रानाभाटले बताए । त्यसैले सबै नेपाली र नेपाली भाषीलाई सहयोग गर्न उनका बुबा ढाकामोहनले आग्रह गरेका छन् । आर्थिक सहयोगका लागि ढाकामोहन रानाभाटको कृषि विकास बैंक शाखा कार्यालय नारायणगढको खाता नं. ०५०८८०१३३७०९४०१३ मा र ९८११८३८००८ मा सम्पर्क गरी वा प्रत्यक्ष रुपमा भेटेरै सहयोग गर्न सक्नुहुनेछ ।
https://youtu.be/zoHtpCSylvY
भरतपुर महानगरपालिका वडा नं १५ मा स्थायी बसोबास गरिरहेका ढाकामोहन रानाभाटको घरमा यो घटनाले ठूलो बज्रापात परेको छ । गरिब परिवारमाथि आकाश खसेको जस्तै भएको छ । विनोद रानाभाटको परिवारको यो कारुणिक समाचारलाई सबैले शेयर गर्नुहोला । फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, इमो जहाँ जहाँ शेयर गर्नमिल्छ सबैतिर सेयर गरौं । आफ्नो देश, आमा र परिवार सम्झेर आँशु पिईरहेका विनोदलाई नेपाल चाँडोभन्दा चाँडो नेपाल फर्काउनका लागि पनि तपाईले सके आर्थिक सहयोग गर्नुस । नसके यो समाचारलाई धेरै भन्दा धेरै नेपालीहरुसम्म पुर्याउनको लागि मात्र सामाजिक सञ्जालमा एक शेयर गर्नुस । यो परिवारको आँशुलाई हेरेर सबैले सहयोग गरौं । विनोदलाई आफ्नै छोरा, भाई, नाती सम्झेर सबैले सहयोग गरौं । एउटा निर्दोष नेपालीलाई विदेशमा फाँसीको सजाय हुनबाट बचाऊ ! सबै नेपाली र नेपाली भाषी मनकारी नेपाली माँझ यो समाचार पुर्याऊ !








