लजालु ‘गलबन्दी गर्ल’ अञ्जलीको अहिलेसम्मकै बोल्ड अवतार ! (फोटोफिचर)

112 Shares

काठमाडौं । पछिल्लो समय भाईरल भएको गीत गलबन्दीकी लजालु नायिका अञ्जली अधिकारीले हट एण्ड बोल्ड सिन दिएकी छिन् । गलबन्दीमा लजालु स्वभाव भएको गाउँले केटीको भूमिकामा देखिएकी अञ्जलीले भर्खरै सार्वजनिक भएको म्युजिक भिडियोमा हट एण्ड बोल्ड सिन देखिएकी हुन् ।


गायक नवराज सापकोटाको नयाँ गीत ‘म निदाएसी आयौ’ बोलको म्युजिक भिडियोमा नायिका अधिकारीले हट सिन दिएकी हुन् । प्रेमीको सम्झनामा अप्सराको भेषमा आउने सुन्दरी प्रेमीकाको भूमिकामा उनले जीवन्त अभिनय गरेकी छिन् । यत्तिमात्र होइन फिलिङ्समा डुबेर रियल अभिनय पनि गरेकी छिन् । उनको हाउभाउ, चालचलन र पहिरनले बोल्ड एण्ड हट देखिएको छ ।
गीतमा नरेश गौतमको शब्दरचना, एनके ब्रदरर्सको संगीत र रायम कँडेलको एरेञ्ज रहेको छ । भिडियोमा अञ्जलीलाई जीवन भट्टराई र रिचा थापाले साथ दिएका छन् । भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् ।
यो पनि हेर्नुहोस ।

गलबन्दीकी लजालु अञ्जलीले बहराइनमा खिचिन ७ बोल्ड तस्वीर !

 

हेर्नुहोस गलबन्दी लजालु गर्ल अञ्जलीको हट अवतार !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार