तौल बढाएर रोमान्स गर्दै अभिनेत्री अनन्या !

35 Shares

एजेन्सी । झट्ट सुन्दा अनौठो लाग्छ । कतिपयले त पत्याउनै मुश्किल पर्छ । चिटिक्क परेको शरीरलाई तौल बढाएर रोमान्स गर्ने अभिनेत्री भन्दा ! तर, अन्ततः पत्याउन करै लाग्छ ।


अभिनेता चंकी पाण्डेकी छोरी हुन् अनन्या पाण्डे । उनी पनि बलिउड फिल्मका अभिनेत्री हुन् । चलचित्र ‘स्टुडेन्ट अफ द इयर–२’बाट बलिउडमा डेब्यु गरेकी अभिनेत्री अनन्या पाण्डे दोस्रो चलचित्रको छायांकनमा व्यस्त हुँदैछिन् । अभिनेत्री पाण्डेले ‘पति पत्नी और वो’को रिमेकमा कार्तिक आर्यन तथा भूमि पेडनेकसँगै अभिनय गर्दैछिन् । उक्त चलचित्रका लागि अनन्याले धेरे तयारीहरु गरिरहेकी छिन् ।
उक्त चलचित्रमा अनन्याले अधवैँशे उमेरकी सेक्रेटरीको भूमिका निर्वाह गर्नुपर्ने भएकाले उनले तौल बढाएर रोमान्स गर्न लागेकी हुन् । आफ्नो भूमिकाको लागि अनन्याले धेरै गृहकार्य गरिरहेकी छिन् । तीमध्ये एउटा हो, आफ्नो शरीरको तौल बढाउनु पर्ने ! उनले एक अन्तर्वातामा भनेकी छिन्, ‘म आफ्नो नयाँ चलचित्रका लागि धेरै प्रकारका तयारीहरु गरिरहेकी छु । सबैभन्दा ठूलो कुरा मैले यो अवधिका ५ केजी तौल बढाएकी छु ।’
उनले आफ्नो तौल बढाउनका लागि हरेक घण्टा केहि न केहि खाएकी थिइन् । खानामा प्रोटिको मात्रा समेत बढाएकी छिन् । यसबाहेक उनले एउटा कडा रुटिनलाई समेत फलो गरेकी थिइन् । यत्ति मात्र होइन एक जना डाइटिसियनले नै उनको खानपानलाई नजिकबाट नियालेका थिए ।
‘पति पत्नी और वो’को स्टार कास्ट जुलाई १० तथा ११ का दिन लखनउमा हुँदैछ । उक्त फिल्मको छायांकन उत्तर प्रदेशमा करिव दुई महिनाको अवधिमा पुरा गरिने छ । फिल्मको फस्ट लूक हालै सार्वजनिक गरिएको थियो, जसमा कार्तिक, अनन्या तथा भूमि देखिएका थिए । भूषण कुमारले उक्त चलचित्र निर्माण गर्न लागेका हुन् । यो चलचित्र डिसेम्बर ६, २०१९ मा प्रदर्शन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार