३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

ठोस निर्णय भएन नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना


५ भाद्र २०७६, बिहिबार  

21
Shares

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को आजको सचिवालय बैठकले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँ सिङ्गापुर गएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक बसी सांगठनिक एकता र अन्य निर्णयहरु गर्ने तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकले सांगठनिक एकताका बाँकी कामबारे छलफल भए पनि ठोस निर्णय नभएको र छिट्टै अध्यक्ष प्रचण्डले बैठक आह्वान गरी निर्णय लिइने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओली चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य उपचारका लागि आज अपराह्न सिङ्गापुर प्रस्थान गर्दै छन् । प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था जटिल नभए पनि सिङ्गापुरमा रहँदा चिकित्सकको सुझावअनुसार पुनः जान लागेको हो । प्रधानमन्त्री ओली ७÷१० दिन त्यहाँ रहनुहुने जनाउँदै श्रेष्ठले यसबीचमा पार्टीले गर्नुपर्ने निर्णय अर्का अध्यक्षको नेतृत्वमा गर्ने समझदारी आजको बैठकमा भएको जानकारी दिए।

नेकपामा प्रवास कमिटी, महानगरहरुको नेतृत्व, पोलिट्व्युरो गठन, अन्य केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायत कार्यसूचीमा निर्णय हुन बाँकी छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार  ५ : २९ बजे