११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

नेपाली कांग्रेस सम्पर्क समितिको रक्तदान कार्यक्रममा ७३ जनाले रगत दिए



काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा ७३ जनाले रगत दान दिएका छन् । हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत दोस्रो चरणको कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।


सोचेकोभन्दा भव्य रुपमा कार्यक्रम सम्पन्न भएको नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिका अध्यक्ष गोकर्ण बस्नेतले बताए । ‘रक्तदान जस्तो मानव सेवामा यत्ति धेरैले स्वःतस्फुर्त रुपमा रगत दान गर्नु भएकाले हाम्रो कार्यक्रम सफल भएको महशुस भएको छ’ अध्यक्ष बस्नेतले भने, ‘आउने दिनमा पनि हाम्रो सम्पर्क समितिले यस्तै विभिन्न किसिमका मानव सेवाका कार्यक्रहरु सञ्चालन गर्नेछौं ।’
रक्तदान कार्यक्रम विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म काठमाडौंको चाबहिलमा चलेको थियो । कार्यक्रममा नेपाली कांग्रेसभन्दा फरक आस्था राख्नेहरुले पनि स्वःतस्फुर्त रुपमा रक्तदान गर्न आएको अध्यक्ष बस्नेतले बताए ।
पछिल्लो समय राजनीतिक पार्टीप्रति आम नागरिकको विश्वास घटिरहेका बेला यस्ता मानव सेवाका कार्यक्रमले उनीहरुको धारणा परिवर्तन गर्न सक्छ । त्यसैले यी र यस्तै किसिमका मानव सेवाका कार्यहरु अन्य राजनीतिक पार्टीले पनि सबै क्षेत्रमा गर्ने हो भने राजनीतिकर्मीहरु आम नागरिकको भरोसाका माध्ययम बन्न सक्नेमा दुई मत नहोला !

 

 

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ११ : ५३ बजे