समानताको आधारमा समाजवादी पार्टीसंग एकता हुनसक्छः नेता महतो

42 Shares

धनुषा । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएको छ ।

जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताए ।

नेता महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताउँदै जनताको भावनालाई सम्मान गर्न मधेशवादी छ दल एकीकरण भइसकेको र अब समाजवादी पार्टीसँग पनि एकता हुनुपर्ने धारणा व्यक्त गरे ।

“पार्टी एकताका लागि अनौपचारिक रुपमा छलफल भइरहेको छ, तर एकता गर्न समाजवादी पार्टीले सरकार छाड्नुपर्ने हाम्रो सर्त हो”, उहाँले भने, “देशमा नेपाली काङ्ग्रेस र नेकपाविरुद्ध एक सशक्त वैकल्पिक पार्टीको खाँचो छ र त्यो वैकल्पिक पार्टी एकता पछि सम्भव छ ।

नेता महतोले जनताको चाहना राजपा र समाजवादी पार्टीको एकता रहेको र यसका लागि नेतृत्व तह पनि सकारात्मक रहेको उल्लेख गर्दै संविधान संशोधन नभएसम्म विरोध भई रहने हुँदा यसको रक्षाका लागि पनि संशोधन आवश्यक भएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार