२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

आमाछोरी मृत फेला


२ कार्तिक २०७३, मंगलबार  

0
Shares

लहान, २ कात्तिक । लहान नगरपालिका–१५ सभापुर मुसहरीकी ३२ वर्षीया करियाहीदेवी मुसहर्नी र उनकी दुई वर्षीया छोरी भूमिका मुसहर्नी आज बिहान ओछ्यानमा मृत अवस्थामा फेला परेका छन् ।

मृत्युका कारण खुल्न सकेको छैन । यसबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । आमाछोरीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । मृतकका पति फिरता मुसहर एकहप्ता पहिला नै वैदेशिक रोजगारीबाट घर फर्किएका थिए । रासस

प्रकाशित मिति : २ कार्तिक २०७३, मंगलबार  १ : ५१ बजे