नायिका श्वेताको पनि ‘ब्याचलर पार्टी’ [फोटोकथा]

काठमाडौं । विवाह गर्नुभन्दा अगाडि ब्याचलर पार्टीको आयोजना गरिन्छ । विशेषगरि, वैवाहिक जीवनमा बाँधिन लागेकी यूवती वा यूवकलाई उनीहरुको साथीले ब्याचलर पार्टी दिने गर्छन् ।

नायिका ऋचा शर्मा र प्रियंका कार्कीको ब्याचलर पार्टीको पनि राम्रै चर्चा भएको थियो । यता नायिका श्वेता खड्काले पनि ब्याचलर पार्टीका लागि भन्दै सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेकी छिन् । आफ्ना केही साथीहरुको साथमा श्वेता ब्याचलर पार्टी मनाउनदै गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् ।

श्वेताले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरमा उनीहरु मस्ती मुडमा देखिएका छन् । उनले पोष्ट गरेको तस्वीरमा महिला साथीहरुमात्रै होइन पुरुष साथीहरुलाई पनि ब्याचर्लस पार्टीमा देख्न सकिन्छ ।

व्याचर्लस पार्टी पश्चिमा संस्कृतिको निरन्तरता हो । नेपाली संस्कृति भने दुलहालाई अन्माएपछि बाँकी रहेका महिला तथा युवतीहरुले रत्यौलीको जोरजाम गर्छन् । व्याचर्लस पार्टी भने विवाहअघिको कुनैपनि रात मनाउने गरिन्छ । पश्चिमाहरु यसलाई ‘स्वतन्त्रताको अन्तिम रात’ पनि भन्ने गरेका छन् ।

हेर्नुहोस नायिका श्वेता खड्काले सामाजिक सञ्जालमा पोष्ट गरेकी ब्याचर्लस पार्टीका तस्वीरहरु:

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार