अथाह संभावना बोकेको पर्यटकिय क्षेत्र तल्लो सोलु

  गिताबहादुर श्रेष्ठ

विस्तृत परिचय र संभावना

गिताबहादुर श्रेष्ठ । सगरमाथाको काखमाअवस्थितसोलुखुम्बुको तल्लो भेग काठमान्डौबाट करिब ३०० किलोमिटरको बस यात्राबाटपुग्न सकिन्छ। हाल यो क्षेत्रमाजान घुर्मी, ओखलढुङ्गाहुँदै पक्की सडक बनिसकेको अबस्था छ। त्यस्तै गरि काठमाण्डौबाट जिरीको बाटो पनिबन्ने क्रममा रहेको छ र त्यहाँबाट तल्लो सोलुको बिभिन्न पर्यटकीय क्षेत्रमापुग्न सकिन्छ। पैदल यात्राबाट आनन्दलिनसकिने यो ठाउँ नेपालकै उत्कृष्ट र रमणीय पर्यटकिय स्थलपनिहो । काठमाण्डौबाट २५ देखि ३० मिनेटमा फाप्लु वाकाङगेल डाँडाको हवाइमार्गबाटपनियहाँपुग्न सकिन्छ । अर्को बिमानस्थल गुदेलमा पनि बिमानस्थर्ल बन्ने क्रममा रहेको छ। अन्य माध्यम भनेको हेलिकप्टरबाट पनि यस क्षेत्रको अवलोकन गर्न सकिन्छ । त्यति मात्र हैन भौगोलिक हिसाबले माउन्टेन बाइकिङको अतिनै उपयुक्तट्रेलहरु रहेको छ। पैदलै यात्रा गर्न सकिने यो स्थलमा जोकोही पनि जान सक्छन, जहाँ लेक लाग्ने समस्या पनि कम रहेको छ ।

बिश्वको अग्लोशिखर सगरमाथाजाने पैदल मार्ग पहिलेदेखीनै यस स्थानको गाउँबेशीहुदै जाने गरिन्थ्यो भने अहिले पनिप्रयोग भइरहेको छ। त्यस्तै पर्बतारोहीहरु माझ धेरै लोकप्रीय हिमालहरु मेरा पिक हिमाल, माकालु, भरुन्चे लगायत हिमाल आरोहण गर्न जानेहरुको लागि सजिलो पैदल मार्ग पनि यही हो। त्यस्तै अरुण उपत्यकाको भ्रमण गर्न जाने र फर्कनेहरु पनि यही मार्ग प्रयोग गर्छन।

प्रसिद्ध पर्यटकिय गन्तब्य पिके पिकट्रेकजहाँबाट नेपालको आधा भन्दा बढी हिमालीभागहरु देखिन्छ भने दुधकुण्ड ट्रेक पहिले देखि नै चलिआएको छ। पहिलो सगरमाथा आरोही तेन्जीङ नोर्गे शेर्पा र सर एडमण्ड हिल्लारीले पनि यहि मार्ग हुदै सगरमाथा शिखरको यात्रा गरेका थिए। पर्यटकिय संभाबना बोकेका धार्मिक सम्पदाहरु जुनबेशीगाउँ, थुप्तेन छोलिङ गुम्बा, चिवाङ गुम्बा आकर्षक गन्तब्य हो भने भ्रमण गर्न लाइकको महत्बपुर्ण गाउँच्याल्सा र झ्याल्सा पनि हुन,जहाँ तिब्बती शरणार्थीको बस्ती आजपनि रहीआएको छ ।

हिमाल दृश्यावलोकनको दृष्टीकोणले अत्यन्तै रमणीय डाँडाहरु जस्तै ४०६५ मिटर उच्चाइमा रहेका पिके पिक, रात्नागे डाँडा, स्यालखोर वा स्यालगोर (जसलाइ अहिले आधुनिक नाम सिलगुढी राखिएको छ), यसको प्रसंगलाई पछि पनि उतारिएको छ । टाक्सिन्दु डाँडाहरुबाट सगरमाथा लगायत कन्चनजंघा, माकालु, सगरमाथा, ल्होत्चे, पुमोरि, चोयु, लाङटाङ, अन्नपुर्ण, धौलागीरी लगायत थुप्रै मन्त्रमुग्ध पार्ने हिमालहरु देख्दा मन मुटु देखि नै आनन्दित बनाउँदछ । यी स्थानहरुमा बसोबास गर्ने शेर्पा राइ, मगर, नेवार, क्षेत्री,ब्रामण लगायत अन्य धेरै जातजाति र यिनिहरुको संस्कृति परमपराहरु एक सुन्दर बगैचाका फुलहरु हुन।

भनिन्छ, आफ्नो पाइतालाले जुन ठाउँ पुगिन्छ,त्यो ठाउँ साच्चीकै पुगेको मानिन्छ। पाइला पाइलामा भएको अनुभवलाई आफ्नो मन र मस्तीस्कमा राख्न सकिन्छ ।त्यसैले यस क्षेत्रको यात्रा पैदलै गर्दा अतिनै उचित हुन्छ । अगाडी भनेझै नेपालको आधाभागपुर्वको कन्चनजंघादेखि पश्चिमको धौलागीरी हिमाल सम्म देख्न सक्ने एकमात्र ठाउँपिके पिकजुन समुद्रि सतहबाट ४०६५ मिटरको उच्चाइमा रहेको छ। दुधकुण्ड वानुम्बुर हिमालले यहाँ रहेको यी परिपरिको बस्तीलाइ साच्चीकै धपक्कै बालेको छ। यही हिमालको फेदिमा पुग्दा र त्यहाँ रहेको सुन्दर पोखरीले हाम्रो मनलाइ मन्त्र मुग्धनै बनाइदिन्छ ।

धार्मिक र आध्यात्मीक पर्यटकहरुको लागी अत्यन्तै आकर्षक मानिने यी ठाउँहरुमा हाल गुम्बा पर्यटन भनेर नयाँ अवधारणाहरु पनि ल्याएको पाइन्छ जुन यस क्षेत्रको लागी एक उपयुक्त अवधारणा नै हो । हाल यहाँ धेरै सँख्यामा बौद्ध गुम्बाहरु रहेको छ र बन्ने क्रममा पनि छ । भिक्षुणी (आनी)तथा भिक्षुहरुको अध्यायन र ध्यान केन्द्रकै रुपमा विकास हुदै आइरहेको सर्बबिधितै छ । केही बिदेशी पर्यटकहरु गुम्बाहरुमा अहिले पनि अध्यायन र ध्यानका लागी आउने गरेको पाइन्छ । करिब १००० जना लामा र आनीहरुको बासस्थानभएको थुप्तेन छोलीङ गुम्बा र चिवाङ गुम्बा त बौद्ध धर्मालम्बीहरुको चिर परिचित ठाउँनै हो। तिब्बतका बौद्ध गुरु र निङ्मा परमपराका उच्च स्तरको महान गुरु ठुल्छिक रिन्पोछेको प्रमुख अध्ययन र ध्यान केन्द्रनै थुप्तेन छोलिङ गुम्बाहो जहाँउहाँले तिब्बतबाट नेपाल आएपछि आफ्ना शिश्यहरु सहित यस ठाउँलाइ पुन्यभुमि मानेर बस्नु भयो। त्यस्तै चिवाङ गुम्बा पनि अर्को प्रमुख बौद्ध मार्गीको आस्थाको केन्द्रनै हो। अहिले यहाँको प्रमुख गुरु साङसाङ रिन्पोछे हुनुहन्छ।

थ्ुाप्तेन छोलिङ गुम्बा परिसरमा रहेका आनी र लामाहरुको बासस्थान, उनिहरुको जीवनसैली र उनिहरुले गर्दै आएको धार्मिक प्रचलनहरु,आजको यो भौतिक जगतका मानिसले धेरैकुरा सिक्ने रमननयोग्य ठाउँ हो। त्यस्तै गरि तिब्बतलाइ चिनले १९५९ मा लिइसकेपछि नेपाल प्रबेश गरेका तिब्बती शरणार्थीको जो नेपाल सरकारको अनुमतिमा ज्याल्सामा बसेका छन र उनिहरुको संस्कृति, परम्परा, भाषा , भेषभुषा आजसम्मपनि जिबितै छ र प्रत्यक्ष अनुभव गर्न पाइन्छ।

यी त भए यहाँ उल्लेख गरिएका केही भौगोलिक, धार्मिक र साँस्कृतिक सम्पदाहरु। यस क्षेत्रमा अन्य धेरै नै हेर्नलायक र अनुभव गर्न लायक ठाउँहरु रहेका छन। यस क्षेत्रको भ्रमण गर्दा हिमाली भेगमा हुने जडीबुटीको बासनाले यात्रालाइ अझ सुगन्धित बनाउछ भन्नेमा कुनै संकानै छैन। यस क्षेत्रमा फुल्ने लालीगुराँस, चाप लगाएयतका फुलहरुले मनलाइ फुरुङ्ग बनाइदिन्छ। दुधकुण्ड लगायत हिमालहरुबाट बगेर आएका पानीको आवाज र सामिप्यताले दिने आनन्दलाई पक्कै पनि बयान गर्न योग्य छन ।

मानिसहरु जब आफ्नो आधारभुत आवश्यकता पुरा हुन्छ, त्यसपछि अन्य कुराहरुको खोजीमा लाग्छन । त्यसमध्ये विभिन्न ठाउँको भ्रमण गर्न पनि एक हो।त्यसै अनुसार विभिन्न ठाउँहरुको भ्रमण गर्ने र त्यसबाट सुन्दर अनुभवहरुलाइ संकलन गर्ने गर्दछ। सुन्दर, आनन्दर सम्झन लायक अनुभवहरु जहाँबाट प्राप्त गर्छन, त्यस्ता ठाउँहरु भ्रमण गर्न मानिसहरु रुचाउछन। जुन ठाउँले मनलाइ आकर्षण गर्न सक्छ, त्यसैठाउँमा मानिसहरुको भिड लाग्ने गर्दछ ।

जतिपनि प्राकृतिक सौदर्यता, साँस्कृृतिक सम्पदा र जातिय बिविधताले यो क्षेत्र सम्पन्न छ, त्यसलाइ अझ फलाउन र फुलाउनु प्रयत्न गरियो भने सुनमा सुगन्ध हुन्छ भन्ने, यो लेखको आसयहो। जति धेरै स्रोत र साधनको सदुपयोग हुन्छ,त्यतिनै लाभहुने गर्दछ। साँच्चिकै हामीसँगभएको यीअथाह सम्पदाहरुको सदुउपयोग कसरी गर्न सकिन्छ भनि मेरो मनको परिकल्पनालाईयहाँ लेखाजोखा गर्ने प्रयास गरेको छु ।

मेरो परिकल्पना

माथि बयान गरे जस्तै नेपालको आधाभन्दा बढी हिमालीभाग यो नाङगो आँखाले दृश्यालोकन गर्न सकिने ठाउँ पिके डाडामा टेलिस्कोप राखी त्यसबाट टाढा टाढाको दृश्यलाइ समेत सजिलै हेर्न सक्ने अवस्थाभएमाअझ सुनमा सुगन्धहुने थियो। यही प्रसङ्गमा मेरो स्वीजरल्याण्डको यात्राको क्रममा अनुभब गरेका कुरालाइयहाँ जोड्न खोजीरहेको छु। त्यस ठाउँतालनै तालले घेरिएको ठाउँहो। त्यहाबाट हिमालहरु टाढा टाढा देखिए पनि त्यस ठाउँमा राखिएको टेलिस्कोपको सहायताले नजिकै देखिने र त्यसबाट लिएका अनुभवनै जीवनको संम्झन लायक एक क्षण बनेको थियो ।

यस क्षेत्र वरपर पाइने बन पैदवार पनिअर्को पर्यटकको आकर्षणको केन्द्र बन्न सक्दछ। यहाँ पाइने चिराइतो, ठुलो ओखति, यार्सा गुम्बा आदिबाट उद्योेग नै चलाउन सकिने संभाबना रहेको छ। त्यस्ता उद्योेगहरुको भ्रमण गराएर पनि पर्यटको संख्या बढाउन सकिन्छ।

यस क्षेत्रबौद्ध मार्गीहरुको लागी एक पुण्य भुमिनै हो जुन कुरा मैले माथिनै दर्शाइ सके। बौद्ध मार्गीहरुलाइ त्यहाँ सम्म आउन, अध्ययन र ध्यान गर्ने वातावरण अहिलेको भन्दा अझ राम्रो बनाइदिदाँ उनिहरुको बसाइको गुणस्तर अझ राम्रो हुने थियो । हाल रहेको गुम्वा र स्थानियबासिन्दाको सहकार्यमा बौद्ध अध्ययनको अन्तराष्ट्रिय केन्द्रहरुनै स्थापना र विकास गर्ने उदेश्यले योजनाबनाउँदा यस क्षेत्रको पर्यटन अझबिस्तार हुने थियो । त्यस्तै तिगुम्बाहरुको सहकार्यमा सम्भब्यता हेरी थपध्यान केन्द्रहरु बनाउने र त्यसैबाट आर्थिक उपार्जन समेत गर्न सकेमा स्थानियहरुको जीबनस्तर उकास्नुको साथै सामाजिक र धार्मिक जागरणमापनि फड्को मार्ने थियो। बौद्ध धर्मको सिद्धान्तलाइ सर्वोपरि मानेर जीवनयापन गर्नुहुने विश्वचर्चित लामातथागरुहरु जो यसै क्षेत्रकावाअन्य क्षेत्रका हुुनुहुन्छ उहाँहरुपनि यसरी ध्यान र बौद्ध शिक्षालाइ फैल्याउने पाउने अवसरलाईउत्तम धर्मको रुपमालिएर सहकार्य गर्नुहुुनेछ भन्ने मेरो बिश्वास हो।

यहि प्रसंगमा भियतनामको एक प्रसिद्ध बौद्ध केन्द्रको कुरा यहा जोड्न मन लाग्यो। लेखक तथा बौद्ध धर्मको ज्ञाता थिकनाथ हानले सुरु गर्नुभएको ध्यान केन्द्र हो प्लाउम भिलेज। यस ध्यान केन्द्रमा संसारभर बाट नै ध्यान र बौद्ध धर्म सिक्न आउने गर्दछ। यसको कारणले धार्मिक रुप जागरणनै आएको छ भने आर्थिक उपार्जनको माध्यम पनि बनेको छ। त्यस्तै तिब्बतमा सिचुवान प्रान्तको लारुङ गार बुद्धिष्ट इनटिटुड र सिगात्चेको टसिलिङ्पो गुम्बा र त्यस वरपर रहेको ध्यानकेन्द्रलाई उदारहणको रुपमा लिन सकिन्छ।

त्यस्तै च्यल्सामा रहेको शरणार्थी बस्ती र त्यस क्षेत्र वरपर रहेको सम्पदाले पनि मानिसको मनलाई आनन्द दिलाउने कुरामा शंका नै रहेन। अझ त्यसलाई बृहत बनाउनको लागी तिब्बती गुम्बाहरुको संरक्षण, परम्परागत पेशाको संरक्षण, त्यहाँ चलनमा रहेको धार्मिक वा साँस्कृतिक जात्राहरुको उचित प्रचार प्रसार जस्ता पर्यटनमैत्री कृयाकलापहरुलाई बढवा दिदाँ पर्यटकहरुको वसाइलाइ एकदमै सुन्दर बनाउन सकिन्छ भन्ने मेरो परिकल्पना रहेको छ।

यस क्षेत्रलाइ पर्यटकिय केन्द्र बनाउन सहयोगी भुमिका खेल्न सक्ने अर्को प्राकृतिक सम्पदा हो दुधकुण्ड हिमाल र यसको सौन्दर्य ७२०० मिटर उच्चाइ रहेको यो हिमालको साथै वरिपरि रहेको हिमालको सौन्दर्यले पनि तल्लो सोलुखुम्वुलाइ केही दिन त पक्कै खोजीरहेकै छ। कुरा यति मात्र होकि यसबाट हामीले कसरी फाइदा लिने । हाल यस हिमालको फेदीमा जानको लागि आधारभुत कुराहरुनै उपलब्ध छैन। सुत्न, बस्न र खानको लागि कुनै पनि ब्यवस्था छैन। त्यहाँ जानको लागी आफैले टेन्ट, खाना, लुगाहरु बोकेर जानुपर्ने बाध्यात्मक परिस्थीतिछ। त्यसैले नगरपालिका वा संम्बन्धितनिकायले यसमा चासो दिएर त्यस ठाउँमा बस्ने र खानेको ब्यवस्थाहुन सकेमा पक्कै पनि पर्यटकहरुको आँखामा पर्ने ठाउँहो यो ।

त्यस्तै त्यस वरपर रहेको हिमाल आरोहणको लागि पनि अध्ययन गरी तिहिमालहरु चढ्नका लागि आधारहरु तयार गर्न सके सुनमा सुगन्धनै हुने थियो। यसै क्षेत्र वरपर रहेका चट्टानहरुलाइ प्राकृतिक वालक्लाइम्बिङको (Wall Climbing) अवधारणाले पर्यटकको बसाइलम्बिनुको साथै उनिहरुले लिने अनुभबमा पनि धेरै फरक पर्दछ साथै उनिहरुको मानसपटलमा नयाँ किसीमको अनुभबको छाप छोड्न सक्छ भन्ने मेरो ठम्याइ हो।

यसै गरि हिमाल आरोहण तथा पदयात्राको लागि आबश्यक पर्ने बिभिन्न किसिमको राष्टिय वा अन्तराष्टिय स्तरको तालिम लागि पनि एक उपयुक्त ठाउँ हो । हाल नेपाल माउन्टेन लिडर एसोसियसनद्धारा माउनटेन लिडरको केहि तालिम संञ्चालन हुदै आएको छ । यो ठाउँ पर्यटन सम्वन्धि तालिमका लागि एकदमै उत्तम रहेको एसोसिएसनको अध्यक्ष श्री केशर श्रेष्ठको अनुभव सहितको वुझाई छ । त्यसैले अव हुने अन्य हिमालसंग संम्वन्धित तालिमहरु जस्तै ट्रकिङ गाइड, वाल क्लाइम्बिङ, आइस क्लाइम्बिङ, रक क्लाइम्विङ, माउण्टेन नेभिगेसन जस्ता कोर्शहरु यहि क्षेत्रमा सञ्चालन गर्नका लागि पहल गरिएमा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको तालिम हबको रुपमा पनि यो क्षेत्रलाई अघि बढाउन सकिने संभाबना पनि त्यतिकै रहेको छ ।

हाल विश्वकै एकमात्र एडभेन्चर टुरिजमअध्ययन गर्न पाइने कलेज पनि गार्माको तोजीङ्गमानै संञ्चालन गर्न कार्यन्वयनको प्रकृयमा छ। यसलाइ विश्वकै चर्चित अध्ययन केन्द्र बनाउन सकिन्छ। त्यसका लागि विविध कार्यक्रमहरुको समिश्रण सहित अझ धेरै प्रचार प्रसार गर्दा पक्कै पनि राम्रो हन्छ। यहाँ पनि पर्यटन म्युजियम, वालक्लाइबिङ आदि विविधता ल्याउन सकिन्छ।

स्थानिय ठाउँहरुको पुरानानामहरु पहिचान गरि त्यस नामको अर्थसमेत खुलाएर बुकलेटहरु बनाउने र त्यस ठाउँको बारेमा प्रकाशमा ल्याउदा अझ उत्तम हन्थ्यो होलाकि भन्ने मेरो परिकल्पना रहेको छ । आज भोली आधुनिकताको नाममा स्थानिय नामहरुलाइ तोडमोड गरि त्यस ठाउँको अस्तीत्वनै संकटमा पारिएको उदाहरण प्रशस्तै भेटिन थालेको पाइयो । उदाहरणको लागी महाकुलुङ र सोलुदुधकुण्ड नगरपालिकाको सिमानामा रहेको अति रमणिय ठाउँ जसको स्थानियनाम स्यालखोरवा स्यालगोरहुन सक्छ तर आजभोली सिलगुडी डाँडा नामकरण हुदाँ त्यस ठाउँको महत्वलाइनैतोडमोड गरेको जस्तो देखिनआएको छ। त्यस्तै अर्को ठाउँको नाम धुलीखेल जुन आज भन्दा पहिला कहिलै पनि अस्तीत्वमा रहेको थिएन। त्यसैले त्यस्ता महत्व बोकेको ठाउँहरुको नाम स्थानिय भाषामानै वा प्राचिननै राख्दा त्यसको शाब्दिक अर्थले त्यहाँको इतिहास र अस्तित्वलाई उजागर गर्न मद्धत गर्दछ।

स्थानीयजात्रा, पर्व, संस्कृति र परमपरालाइ पर्यटनसँग जोड्न सके हाम्रो सम्पदाको पनि संरक्षण हुने र आर्थीक उपार्जनको पनि माध्यम हुने संभावनालाइ जिवित राख्न सकिन्छ । यसकालागीजातिय संग्रहलय, स्थानीयजात्रातथापर्वको संरक्षण र संम्बद्र्धधनमा जोड दिनु आवश्यक नै हुन्छ। यतिमात्र हैन ति हाम्रा सम्पदाहरुलाई उचित किसीमले बजारीकरणको पनि महत्वपुर्ण भुमिका रहने गर्दछ। त्यसैले बजारीकरणको लागिप्रचारप्रसार, ट्रेकिङ वा टुरको राम्रो आइटिनरी/रुट वनाएर वजारिकरण गर्ने आदि कार्य गरेमा पक्कै पनि यस क्षेत्रले हालभइरहेको वसाइसराइ जाने क्रम, रोजगारिको लागी बिदेश वाअन्य क्षेत्र जाुन पर्ने वाध्यात्मक परिस्थीतिलाइ केहि कम गर्न सकिन्छ।

अन्तमा यस लेखका पाठकहरुलाइ म के अुनरोध गर्न चाहान्छु भने यस क्षेत्रको भ्रमण गर्नुहोस । प्रकृति, सांस्कृतिक धार्मिकलगायतका आनन्द लिनुहोस । घुमफिरले नै तपाइ हाम्रो मनलाइ खुला गर्दछ र जीवनजिउने कला सिकाउदछ । यहाँहरुको यात्राशुभ रहोस। जय पर्यटन।

[लेखक: बौद्ध दर्शन र हिमाली अध्ययनका अध्ययता, पर्यटन ब्याबसायी तथा पथप्रर्दशक तथा मोटिभेसनल स्पीकर पनि हुन् ।]

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार