लुक्लाबजार । नेपाल शिक्षक महासंघ स्थानीय समिति खुम्बु पासाङल्हामु गाउँपालिकाले पूर्णता पाएको छ । गाउँपालिकामा कार्यरत शिक्षकहरुको भेलाले महासंघका स्थानीय समितिलाई पूर्णता दिएको हो ।

महासंघका स्थानीय कार्य समिति कुमारसिंह राईको अध्यक्षतामा बसेको थियो । महासंघको स्थानीय कार्य समितिको अध्यक्षमा कुमारसिंह राई, उपाध्यक्ष राजन बस्नेत, सचिव खगिन्द्रराज बास्तोला, सहसचिव रबिन राई, गणेश खरेल, धनकाजी बस्नेत रहनुभएको छ भने सदस्यहरुमा सदस्यहरूमा नारायण ढुंगाना, सुरेशसिंह साउद, ओमप्रसाद भट्टराई र प्रेम राई रहनु भएको छ ।
भेलाले शिक्षण सेवामा कार्यरत शिक्षकहरुका पेशागत समस्या, शैक्षिक क्षेत्रमा भएका विगतका कार्यहरू समीक्षा र भावी दिनमा गरिने कारहरुको बारेमा छलफल पालिका स्तरीय शैक्षिक समस्यालाई कार्यान्वयनमा लैजान सम्बन्धित निकायमा आपसी छलफल गरी समस्या समाधानका लागि अगाडि बढ्ने निर्णय गरेको छ ।

यसैबीच नेपाल राहत शिक्षक खुम्बु पासाङल्हामु गाउँपालिकाको भेला सम्पन्न भएको छ । जिल्ला कार्य समितिका अध्यक्ष खगिन्द्रराज बास्तोलाको संयोजकत्वमा भएको भेलाले शेषराज बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय स्थानीय कार्य समितिको गठन गरेको छ । समितिको उपाध्यक्ष कृष्णकुमारी शर्मा, सचिव कुमारमणि बास्तोला, सहसचिव गणेश खरेल, कोषाध्यक्षमा पुनम राई, सदस्यहरूमा ओमप्रसाद भट्टराई, गगनकुमार राई, अनिता मिश्र, बिष्णुकुमारी मगर र ङिमारिन्जी शेर्पा रहनुभएको छ ।
भेलाले राहत शिक्षकको पेशागत सुनिश्चितताको लागि जिल्ला समिति, प्रदेश समिति र केन्द्रीय समितिको सर्कुलर अनुसारका कार्यक्रमलाई स्थानीय तहमा लागू गराउने साथै मावि तहमा अनुदान कोटा र बाल कक्षा सहयोगी कार्यकर्ता समेतका पेशागत समस्यालाई उजागर गर्ने निर्णय गरेको छ ।







