१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पाल्पाको जल्पामा अजिङ्गर फेला



पाल्पा, ५ कात्तिक । पाल्पा जिल्लाको जल्पा गाविसमा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ ।

जल्पामा फेला परेको सो अजिङ्गर करिब सात/आठ फिट लामो रहेको स्थानीय बासिन्दाको भनाइ छ । जल्पा गाविसको पल्लो भञ्ज्याङ भन्ने स्थानमा बिहिबार सो अजिङ्गर फेला परेको हो । स्थानीयवासी र प्रहरीको सहायतामा अजिङ्गरलाई जङ्गलतर्फ भगाइएको छ ।

एक्कासि अजिङ्गर देखा परेपछि त्रसित स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय तनहुँका प्रमुख अम्लेशकुमार लोधले अजिङ्गरलाई जङ्गलतर्फ भगाइएकाले स्थानीयवासीलाई धेरै त्रसित हुनुपर्ने अवस्था नरहेको बताए ।

यस क्षेत्रमा पहिलोपटक अजिङ्गर देखा परेपछि यहाँका स्थानीयवासी अचम्मित र त्रसित भएका छन् । स्थानीय बासिन्दा सीमादेवी नेपालीले प्रहरी र स्थानीयवासीको सहयोगमा भगाइए पनि अजिङ्गर गाउँदेखि माथिको जङ्गलमा गएर मिहालको रूखमा बेरिएर बसेको बताए ।

प्रकाशित मिति : ५ कार्तिक २०७३, शुक्रबार  २ : ०९ बजे