३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

माथिल्लो तामाकोसी २०७५ असारसम्ममा



काठमाडौं, ५ कात्तिक । भूकम्प र नाकाबन्दीले निर्माण रोकिँदा अनिश्चित बनेको माथिल्लो तामाकोसी जलविद्युत आयोजना २०७५ असारसम्ममा पूरा हुने भएको छ ।

डेढ वर्षअघिको भूकम्पले झण्डै एक वर्ष रोकिएको आयोजनाको काम पूर्व निर्धारित तालिकाभन्दा दुई वर्ष ढिला गरी पूरा हुन लागेको हो ।

भूकम्प र नाकबन्दीले ढिलाई भएपछि आयोजना आउँदो २०७५ को असारसम्म काम सकिने गरी नयाँ योजना तयार गरिएको आजको कारोबार दैनिकमा समाचार छ ।

भूकम्पले पहुँचमार्गमा सडकमा ठूलो क्षति पुर्‍याएपछि बाँधस्थलको काम प्रभावित भएको थियो ।
mathillo-tamakoshi

प्रकाशित मिति : ५ कार्तिक २०७३, शुक्रबार  २ : २६ बजे