खोटाङमा कोरोनाबाट १ संक्रमितको मृत्यु

721 Shares

खोटाङ । जिल्लामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर-३ ऐँसेलुखर्कका ७८ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

शुक्रबार गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएको २४ घण्टा नपुग्दै उनको शनिबार विहान ६ः३० बजे मृत्यु भएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले जानकारी दिए । उनी लामो समयदेखि बिरामी थिए ।
स्वास्थ्यकर्मीको टोलीले सुरक्षा अपनाएर मृतकको शव दाहासत्कार गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताए । उनको परिवारलाई नै कोरोना संक्रमण देखिएको छ ।

गाउँपालिकाले कोरोना संक्रमणबाट जोगाउन केही दिन अघिदेखि गाउँपालिकामा निशेधाज्ञा गरिसकेको छ । ऐँसेलुखर्क गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण भएको छ भने जिल्लाभर १ सय १८ जनामा संक्रमण देखिएको छ ।

संक्रमणबाट खोटाङ घर भइ अन्य ठाँउमा उपचारको क्रममा केहीले ज्यान गुमाएपनि जिल्लामा संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो ।

यो पनि पढ्नुहोस ।

कोरोनाबाट सोलुखुम्बुमा एक युवकको मृत्यु

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार