२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३ पुग्यो

कोरोना मृत्यु अपडेट सोलुखुम्बु


८ जेष्ठ २०७८, शनिबार  

3.4k
Shares

सोलुखुम्बु । विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसका कारण सोलुखुम्बु जिल्लामा थप एक जना संक्रमितको मृत्यृ भएको छ ।

सोताङ गाउँपालिकाका ८५ वर्षिय एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको सोताङ गाउँपालिकाका स्वास्थ्य संयोजक श्रीध्वज राईले बताए । स्वास्थ्य शाखा संयोजक राईका अनुसार स्वासप्रस्वासमा समस्या देखिएपछि बृद्धलाई प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचारका लागि ल्याइएको थियो । तर, शनिबार विहान गरिएको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको ती बृद्धको विहान ९ बजे मृत्यृ भएको थियो ।

मृतकको शव व्यवस्थापन र कोरोना संक्रमणसँग लड्न गाउँपालिकामा सरोकारवालाहरुको वैठक बसिरहेको छ ।

Sagarmatha

यो सँगै सोलुखुम्बुमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस अघि जिल्लामा २ कोरोना संक्रमितको मृत्यृ भएको थियो ।

यो पनि पढ्नुहोस 

सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ४५३ पुग्यो

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  १० : ५५ बजे