विराटनगर । प्रदेश १ मा आज ७ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३ सय ९८, सुनसरीमा १ सय १४, झापामा १ सय ६, उदयपुरमा ६४, ताप्लेजुङमा १३, धनकुटामा ६, इलाममा ५, खोटाङ र पाँचथरमा ३-३, र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ४९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९४ महिला र १ सय ३३ पुरुष सहित २ सय २७, सुन्दरहरैचामा ७६, पथरीशनिश्चरेमा २५, उर्लाबारीमा २१, बेलबारीमा १०, कटहरीमा ९, जहदामा ५, लेटाङमा ४, सुनबर्षी, कानेपोखरी र मिक्लाजुङमा ३-३, केराबारी, रंगेली, धनपालथान, बुढीगंगा र ग्रामथानमा २-२ , रतुवामाई र स्थानीय तह नखुलेका १-१, सुनसरीको इटहरीमा ४४, बर्जुमा ३०, इनरुवामा ११, धरानमा ८, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी र हरिनगरमा २-२, देवानगञ्ज, रामधुनी, भोक्राहानरसिंहमा १-१, स्थानीय तह नखुलेका ४, झापाको विर्तामोडमा ३३, कनकाईमा १६, अर्जुनधारामा १४, भद्रपुरमा १२, हल्दिबारी र मेचीनगरमा ७-७, बुद्धशान्तिमा ५, शिवसताक्षीमा ४, गौरीगञ्जमा ३, गौरादहमा २, बा¥हदशी, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि उदयपुरको कटारीमा ५७, त्रियुगामा ४, चौदण्डीगढीमा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा ७, श्रीजंगामा ४, मेरिङदेन र स्थानीय तह नखुलेका १-१, धनकुटाको धनकुटा नगरपालिकामा २, छथरमा २, शहिदभूमी र महालक्ष्मीमा १-१, इलामको इलाम नगरपालिकामा ३, रोङ र देउमाईमा १-१, खोटाङको दिप्रुङ चुईचुम्मा, खोटेहाङ र स्थानीय तह नखुलेका १-१, पाँचथरको फिदिममा ३, भोजपुरमा १ र प्रदेश १ बाहिरका ४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५१ हजार २ सय ३१ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ३ सय ६० जना संक्रमणमुक्त भएका छन् । आज ९३ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १८ हजार १ सय ११ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८ सय ६४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३ सय १५ महिला र ४ सय ४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।







