२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

कोरोना अपडेट सोलुखुम्बु


१२ जेष्ठ २०७८, बुधबार  

2.7k
Shares

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट सोलुखुम्बुमा थप एक जनाको मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्क घर भएकी अन्दाजी ६५ वर्षिया छन्तमाया श्रेष्ठको बुधबार कोरोना संक्रमणका कारण ओखलढुंगा स्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।

कोरोना संक्रमण श्रेष्ठको फाप्लु अस्पतालले थप उपचारका लागि मिसन अस्पतालमा रिफर गरेको थियो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुने संख्या ४ पुुगेको छ ।

Sagarmatha

प्रकाशित मिति : १२ जेष्ठ २०७८, बुधबार  १ : १३ बजे