सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट सोलुखुम्बुमा थप एक जनाको मृत्यु भएको छ ।

सोलुदुधकुण्ड नगरपालिका ७ भित्ताखर्क घर भएकी अन्दाजी ६५ वर्षिया छन्तमाया श्रेष्ठको बुधबार कोरोना संक्रमणका कारण ओखलढुंगा स्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।
कोरोना संक्रमण श्रेष्ठको फाप्लु अस्पतालले थप उपचारका लागि मिसन अस्पतालमा रिफर गरेको थियो । यो सँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुने संख्या ४ पुुगेको छ ।








