२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ६५० पुग्यो, निको हुनेको संख्या ११८, मृत्यु ५

कोरोना अपडेट सोलुखुम्बु


१३ जेष्ठ २०७८, बिहिबार  

1k
Shares

सोलुखुम्बु । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९)बाट हिमाली जिल्ला सोलुखुम्बुमा संक्रमित हुनेको संख्या ६ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ५० पुगेकोे हो । स्वास्थ्य कार्यालय सोलुखुम्बुका अधिकारीले दिएको जानकारी अनुसार जिल्लामा गरिएको एन्टिजेन परिक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो ।

सोलुदुधुकण्ड नगरपालिकाका २१, नेचासल्यानका ३, महाकुलुङका ५, खूम्बु पासाङल्हामुका ८ र फाप्लु अस्पतालमा गरिएको एन्टिजेन परिक्षणमा ३ जनालाई कोरोना संक्रमण देखिएको थियो ।

Sagarmatha

सोलुखुम्बुमा १ सय १८ जना संक्रमितले कोरोनालाई जितेका छन्, भने ५ जना संक्रमितको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस

सोलुखुम्बुमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ५ पुग्यो

प्रकाशित मिति : १३ जेष्ठ २०७८, बिहिबार  १ : १८ बजे